PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपाल मेडिकल कलेजले खोलिदियो निशाको मुख



नेपाल मेडिकल कलेजले खोलिदियो निशाको मुख

काठमाडौं: काभ्रेकी निशा राना मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लाग्यो। लामो समयको उपचार पछि घाउ ठिक त भयो तर, क्रमश मुख बन्द हुँदै गयो। हाल निशा १९ वर्षकी भईन्। उनका परिवारले धेरै अस्पतालहरुमा देखाए तर, समस्या समाधान भएन। अन्तिममा नेपाल मेडिकल कलेज जोरपाटीमा लगेपछि भने समस्या समाधान भएको छ। वरिष्ठ दन्तरोग विशेषज्ञ डा निरज पन्तको टोलीले उनको समस्या निधान गरेको हो।

बन्द मुख यसरी खोलियो 


ट्रमाको समस्याले गर्दा क्रमश बन्द हुदै गएको मुख बोल्न र खानेकुराहरु निल्न नसक्ने अवस्थामा पुगेको थियो। चिकित्सकीय भाषामा त्यस्तो समस्यालाई 'यङ्कायोलोसिस' भनिन्छ। दुर्लभ रुपमा हुने यस्तो समस्याको नेपाल सहज समाधान गर्न सक्नु चौनौतिको विषय भएको उपचारमा संलग्न चिकित्सक बताउँछन्। डा.पन्तका अनुसार उनको मुख खुल्दैन थियो। भित्रभित्र आवाज आउँथ्यो। खानेकुराहरु झोलमात्रै निल्न सक्ने अवस्था थियो। खानेकुराको स्वाद थाहा पाउन सम्भव नै थिएन। उनको सोमवार सफलता पूर्वक शल्यक्रिया गरिएको छ। 

नयाँ जीवन पाएँ 


बोल्न र खाना खान नसक्ने अवस्थामा पुगेकी निशा शल्यक्रिया पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन। निशा बिगतमा झै बोल्न र नर्मल खानेकुराहरु खान सक्ने भएकी छन्। उनको उपचार डा. निरज पन्त डा. कुशल बिम्व डा. अन्जनी भट्टराई र डा. सुमित कुमार सिंहले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell