PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अमेरिकी निर्वाचनमा भण्डारी निर्वाचित, भने : 'नेपाललाई माया गर्छु, त्यहाँबाट सपना र स‌ंस्कृतिको झोला बोकेर आएको हुँ'



अमेरिकी निर्वाचनमा भण्डारी निर्वाचित, भने : 'नेपाललाई माया गर्छु, त्यहाँबाट सपना र स‌ंस्कृतिको झोला बोकेर आएको हुँ'

काठमाडौं: अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी(एचबी) भण्डारी हाउस अफ डेलिगेट्स्मा निर्वाचित भएका छन्। डेमोक्र्याट पार्टीबाट उम्मेदवार रहेका भण्डारी मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट हाउस अफ डेलिगेट्स्मा निर्वाचित भएका हुन्।

तीन जना निर्वाचित हुने उक्त स्थानमा ह्यारी दोस्रो स्थानमा रहेर निर्वाचित भए। योसँगै भण्डारी अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गर्ने पहिलो नेपाली मुलको प्रतिनिधि भएका छन्।

पर्वतमा जन्मेका भण्डारीले स्टेट डेलेगेटको डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा ५ हजार ३ सय ७६ मत प्राप्त गरी निर्वाचित भएका थिए।

लामो समय बाल्टिमोर सिटी कम्युनिटि कलेजमा शिक्षकको रुपमा कार्य गदै आएका भण्डरीले नया पुस्तालाई मुलधारको राजनीतिमा समाहित गराउन ‘टिचर फर डेलिगेटस’ नाराका साथ राजनीतिमा होमिएका थिए।

भण्डारी सन २००८ मा भएको राष्ट्रपतिको निर्वाचतमा बाराक ओबामाको सहयोगी अभियानबाटै अमेरिकी राजनीतिमा लागेका थिए।

निर्वाचित भएपछि भण्डारीले आफूलाई नेपालको माया लाग्ने बताए। भने, 'हामी सपना र स‌ंस्कृतिको झोला बोकेर नेपालबाट यहाँ आएका हौ। एउटा गाउँको स्कुलमा पढेर यहाँसम्म आएका छौ। अब हाम्रो पुस्ता धेरै माथि जान सक्छौ। यो हाम्रो शुरुवात हो। भोलि राज्यको माथिल्लो निकायमा पुग्न सक्छौ‌ं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell