PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

यस्तो छ प्रियंकाको 'झुम्की'



पहिलोपोस्ट

यस्तो छ प्रियंकाको 'झुम्की'

काठमाडौं : फिल्म 'सुश्री सम्पति'को दोस्रो गीत सार्वजनिक भएको छ। गीतमा अभिनेत्री प्रियंका कार्की, सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरी फिचर्ड छन्। सुरेश अधिकारीको  शब्द र संगीत रहेको 'झुम्की'बोलको गीतमा मिना निरौला र राजन इशानको स्वर छ।  

गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन्। सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन र बिनोदसँगै सारा सिर्पालीको मुख्य अभिनय छ। फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन्।

सुव्रतले 'अधकट्टी'बाट निर्देशनमा डेब्यू गरेका हुन्।  फिल्मबारे भने 'डेब्यू फिल्मबाट मैले सिकेको अनुभवलाई पनि यसमा प्रयोग गरेको छु। चाडको रमाइलोमा गीतले झनै रमाइलो बनाउँछ भन्ने विश्वास हामीलाई छ। फिल्म रमाइलो बनेको छ, ट्रेलर हामीले केहि दिनमै सार्वजनिक गर्नेछौं'।

फिल्म आगामी मंसिर २८ मा रिलिज हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell