PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बुकिङ खुलेसँगै 'ठग्स अफ हिन्दुस्तान'लाई क्यूएफएक्समा २८ सो



पहिलोपोस्ट

बुकिङ खुलेसँगै 'ठग्स अफ हिन्दुस्तान'लाई क्यूएफएक्समा २८ सो

काठमाडौं : प्रतिक्षित मानिएको बलिउड फिल्म 'ठग्स अफ हिन्दुस्तान'को एडभान्स बुकिङ खुल्ला गरिएको छ। आमिर खान अभिनित फिल्मले नेपाली मल्टिप्लेक्समा अधिकांश सो पाएको छ।

बिहिवार क्यूएफएक्स अन्तर्गतका हलले फिल्मलाई २८ सो दिएको छ।  त्यस्तै शुक्रबार भने फिल्मले क्यूएफएक्समा २९ सो पाएको छ।

शुक्रबार क्यूएफएक्स छायाँमा फिल्मले ७, लबिममा ६, सिभिलमा ६, कुमारीमा ५  र जय नेपालमा ४ सो पाएका छन्। त्यस्तै फिल्मलाई क्यूजमा ९ सो दिइएको छ। शुक्रबार छायाँमा फिल्मले ७, लबिममा ७, सिभिलमा ६, कुमारीमा ५  र जय नेपालमा ४ सो पाएका छन्।


 

यो फिल्मले आमिर खानका पछिल्ला फिल्मको बुकिङ रेकर्ड तोडिसकेको छ। भारतीय मिडियाका अनुसार फिल्मले पाँच हजार पर्दामा २२ हजार सो पाएको छ। एक्सन विधामा बनेको फिल्ममा आमिरसँगै अमिताभ बच्चन, फातिमा साना र कट्रिना कैफको मुख्य अभिनय रहेको छ।

'पर्फेक्सनिस्ट एक्टर' का रुपमा परिचित आमिरले यसअघि बलिउडमा 'थ्री इडियट्स', 'धूम थ्री', 'पिके', 'दंगल' जस्ता सुपरहिट फिल्म दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell