PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५


अमेरिका मध्यावधि निर्वाचन: संसदमा पहिलो पटक दुई मुस्लिम महिला निर्वाचित


अमेरिका मध्यावधि निर्वाचन:  संसदमा पहिलो पटक दुई मुस्लिम महिला निर्वाचित
फोटो: straitstimes

सिकागो : अमेरिकाको संसदमा पहिलो पटक दुई मुस्लिम महिला निर्वाचित भएका छन्।  निर्वाचित हुने दुबै महिला डेमोक्र्याट हुन्। 

निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन्। उनी मिन्नेसोटा प्रदेशबाट विजयी भएकी हुन्। 

त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियाशिल शिदा तलैबी पनि निर्वाचित भएकी छिन्। प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको हो। 

यसैगरी संसदमा एक मुस्लिम पुरुष  पनि निर्वाचित भएका छन्। अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन संसद पदमा निर्वाचित भएपछि मुस्लिम समुदायबाट संसदमा तीन जनाको प्रतिनिधित्व हुनुभएको छ ।  डेमोक्र्याट पार्टीका कर्सन इन्डीयनाबाट दोस्रो पटक निर्वाचित भएका हुन्।  रासस / एएफपी



अमेरिका मध्यावधि निर्वाचन: संसदमा पहिलो पटक दुई मुस्लिम महिला निर्वाचित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट