PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एकै ओभरमा ४३ रन, न्यूजिल्याण्डका खेलाडीले बनाए नयाँ कीर्तिमान



पहिलोपोस्ट

एकै ओभरमा ४३ रन, न्यूजिल्याण्डका खेलाडीले बनाए नयाँ कीर्तिमान
photo : https://www.cricket.com.au

क्रिकेट खेलमा एक ओभरमा कति रन बन्ला। एक ओभरमा ६ बल फालिन्छ। प्रत्येक बलबाट पाउने धेरै रन भनेको ६ रन हो र सबै बलमा छक्का प्रहार गर्दा पनि एक ओभरमा ३६ रन मात्र आउँछ।

तर क्रिकेटमा कहिलेकाँही त्यो भन्दा पनि बढी रन एक ओभरमा बन्छ। क्रिकेटलाई अनिश्चितताको खेल त्यसै भनिएको होइन।

एक ओभरमा ६ बल मात्र हुने भएपनि बलरले गल्ती गरेमा ब्याट्सम्यानले त्यो भन्दा धेरै बल खेल्ने अवसर पाउँछ जसको फाइनल ब्याटिङ गर्ने टिम र ब्याट्सम्यानलाई हुन्छ र केही घाटा बलरलाई नै हुन्छ।

यही अनिश्चिताको खेलमा न्यूजिल्याण्डका क्रिकेटर जोडीले एकै ओभरमा ४३ रन बनाउँदै लिष्ट ए क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन्।

न्युजिल्यान्डका ब्याट्सम्यान जो कार्टर र ब्रेट हेम्पटन मिलेर एकै ओभरमा ४३ रन बनाएका हुन्। न्युजिल्यान्डको लिष्ट ए प्रतियोगिता 'फोर्ड ट्रफी' अन्तर्गत नर्थन डिस्ट्रिक र सेन्ट्रल स्टेज बीचको खेलमा यो कीर्तिमान बनेको हो। र यती धेरै रन दिने खेलाडी (बलर) विलेम लुडिक हुन्।

उनको पहिलो बलमा ब्रेट ह्याम्पटनले चौका प्रहार गरे। दोस्रो बलमा उनले लगातार दुई नो बल फाले र त्यसमा ह्याम्पटनले लगातार छक्का प्रहार गरे। त्यसपछि उनले दोस्रो बलमा छक्का प्रहार गर्दै तेस्रो बलमा एक रन लिए र कार्टरलाई स्ट्राइक दिए। त्यसपछि कार्टरले बाँकी तीन बलमा लगातार तीन छक्का प्रहार गरेपछि एकै ओभरमा धेरै रन बन्ने कीर्तिमान बनेको हो।

उक्त ओभर बलिङ गरेपछि ९-०-४२-१ को बलिङ फिगर रहेको बलर लुडिकको बलिङ फिगर १०-०-८५-१ पुगेको थियो।

यसअघि लिष्ट ए मा एकै ओभरमा बनेको सर्वाधिक रन ३९ थियो। सन् २०१३ मा ढाका प्रिमियर लिगमा जिम्बावेका एल्टन चिगुम्बारले एलाउदिन बाबुले बलिङ गरेको एकै ओभरमा ३९ रन प्रहार गरेका थिए।

एकै ओभरमा ४३ रन बनाएपछि ९५-५ को अवस्थामा रहेको नर्थन डिस्ट्रिकको लागि यी दुई खेलाडीले छैटौँ विकेटका लागि १७८ रनको साझेदारी गरे। ५० ओभरको खेलमा नर्थनले ७ विकेट गुमाएर ३१३ रन बनाएको थियो। ३१४ रनको लक्ष्य पक्ष्याएको सेन्ट्रलले ९ विकेट गुमाएर २८८ रन मात्र बनाउन सक्यो। नर्थन २५ रनले विजयी भयो। कार्टरले नटआउट १०२ रन बनाए भने हेम्पटनले ९५ रन बनाए।

वान डे क्रिकेटमा एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान भने दक्षिण अफ्रिकाका हर्सेल गिब्सको नाममा छ। उनले सन् २००७ को विश्वकपमा नेदरल्याण्ड्सका डन भा बुङ्गेलाई लगातार ६ छक्का प्रहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell