PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु


पहिलोपोस्ट

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु
प्रतिकात्मक तस्वीर

झापाः झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ। लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड ७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मृतक प्रसाईंको दुवै मृर्गौला फेरिएको थियो।

मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा बुधबार उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रसाईंलाई उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो। उनले २०७३ असोज १० गतेदेखि कैद भुक्तान गर्दै आइरहेको प्रनाउ श्रेष्ठले बताए।रासस



लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट