PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आमाले सिकाएको संस्कार भन्दै नाजिर हुसेनले लगाए भाइटीका



पहिलोपोस्ट

आमाले सिकाएको संस्कार भन्दै नाजिर हुसेनले लगाए भाइटीका

अभिनेता नाजिर हुसेनले दिदी सरु राईको हातबाट भाइटीका लगाएका छन्। सरु उनकी मामाकी छोरी हुन्। आमा मीना बेगमले टीका लगाउने गरेका मामाकी छोरीसँग उनले वर्षेनी टीका लगाउँदै आएका छन्।

यो वर्ष पनि टीका लगाएपछि उनले फेसबुकमा दिदीसँगको फोटो सेयर गरे। लेखेका छन्:

‘दिदी नमन, आमा जीले तपाईको बुवालाई भाइ बनाएर भाइ टीका लगाउन सुरु गर्नु भएको ३७ वर्ष पुगेछ। यो संस्कार उहाँहरुबाट हामीसम्म आइपुगेको छ। जुन बाँचुन्जेलसम्म भइरहोस्। भाइटिकाको शुभकामना।‘

नाजिर मुस्लिभ भए पनि उनकी आमा मीना हिन्दु थिइन्। उनकै प्रभावका कारण आफूलाई दशैं तिहारको रौनकले धेरै छुने बताए।

नाजिरले पहिलोपोस्टसँगको कुराकानीमा भने,’मलाई हरेक सम्बन्धको उत्तिकै सम्मान छ। त्यसमाथि भाइ टीका विशेष लाग्छ।‘

उनले आफ्नै दिदीहरुसँग भने टीका लगाउँदैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell