PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लगातार १ महिनासम्म अमेरिकामा चल्यो 'छक्का पञ्जा ३'



पहिलोपोस्ट

लगातार १ महिनासम्म अमेरिकामा चल्यो 'छक्का पञ्जा ३'

काठमाडौं : नेपालपछि 'छक्का पञ्जा ३'ले अमेरिकामा पनि नयाँ रेकर्ड बनाएको छ। फिल्म एक महिनासम्म निरन्तर चलेको छ। यसअघि अमेरिकामा नेपाली फिल्महरु तीन हप्तासम्म मात्र चल्थे। 'छक्का पञ्जा ३'ले त्यो रेकर्ड तोडेको छ।

फिल्मले यसअघि प्रदर्शनमा आएका 'छक्का पञ्जा', 'छक्का पन्जा २' र 'लूट २'को रेकर्डलाई तोडेको हो। नेपालीहरुको बाक्लो बसोबास रहेको अमेरिकाको डालस टेक्सासमा 'छक्का पञ्जा ३' लगातार १ महिना चल्यो। फिल्मले डालसमा मात्रै ६४ सो पाएको थियो।  फिल्मलाई नेप्सिने र प्लानेट थ्री फिल्म्सले अमेरिकामा वितरण गरेको हो।

नेप्सिनेका सीइओ रायन रेजले फिल्मले अन्तर्राष्ट्रीय बजारमा प्रभाव पारेको बताए। उनले भने 'छक्का पन्जा ३ को सफलताले हामी नेपाली फिल्म प्रदर्शकलाई नयाँ हौसला मिलेको छ। भविष्यमा यसले नेपाली फिल्मको विदेशी बजारमा दिर्घकालिन प्रभाव पार्नेछ। यो रेकर्डसँगै अब भने नेपाली फिल्मले विदेशी भुमिमा समेत प्रभाव बढाएको छ'।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाईं, जीतु नेपाल, निर शाह लगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell