PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बल्ड्याङ खाएको ग्यास बुलेटले लाग्दा प्लस टु भर्ना गर्न हिँडेका आमाछोरीको मृत्यु



बल्ड्याङ खाएको ग्यास बुलेटले लाग्दा प्लस टु भर्ना गर्न हिँडेका आमाछोरीको मृत्यु

काठमाडौं: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आज बिहान ग्यास बुलेट पल्टिँदा वडा ५ की वडा सदस्य गीता नेपाली र उनकी छोरी सुनिता नेपालीको मृत्यु भएको छ। 

वडा ५ को विशालटार नजिकै सडकबाट बल्ड्याङ खाएको बुलेटले लाग्दा आमाछोरीको मृत्यु भएको वडाध्यक्ष रोशनकुमार सिलवालले पहिलोपोस्टलाई जानकारी दिए। 

'छोरीलाई नजिकै रहेको चन्द्रोदय माविको कक्षा १२ मा भर्ना गर्न हिँडेको जानकारीमा आएको छ। त्यही बेला सडकबाट बल्ड्याङ खाएको ग्यास बुलेटले लागेछ,' वडाध्यक्ष सिलवालले भने। दुबैको शव पोस्टपार्टम गर्ने तयारीमा रहेको सिलवालले बताए।

दुर्घटनामा घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  भारतको बरौलीदेखि काठमाडौँको बालाजु जाँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यासको बुलेट अनियन्त्रित भएर सडकबाट २० मिटर तल पल्टिएको थियो।

ग्यास बुलेटका चालक भारत बस्ने भोला कुमारलाई प्रहरीको नियन्त्रणमा लिएको धादिङका प्रहरी प्रमुख एसपी डम्बर बिकले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell