PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्मार्ट अस्पताल निर्माणमा सहयोग गर्न दौडिए रामसुन्दर



पहिलोपोस्ट

स्मार्ट अस्पताल निर्माणमा सहयोग गर्न दौडिए रामसुन्दर

काठमाडौं : दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्कीले खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड पूरा गरेका छन्। करिब २५ किलोमिटर दूरीको दौड कार्कीले २ घण्टा समय लगाएर पूरा गरे।

कार्कीले २५१औं सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुंगाएका थिए। सो अवसरमा कमलामाई नगरपालिकाले कार्कीलाई नगदसहित सम्मान पनि गरेको थियो। कार्कीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीले नगद ५ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।

दौडबाट संकलन हुने रकम कालिकोटको रासकोटमा बन्न लागेको स्मार्ट अस्पतालका लागि सहयोग स्वरुप हस्तान्तरण गर्ने कार्कीले जनाएका छन्।

कार्कीको दौड अभियानलाई रुस्लान एफएमले मुख्य प्रायोजन गरेको छ भने अन्य विभिन्न संध संस्थाले सहयोग गरेका छन्।

यसअघि २०६४ सालमा १ सय १ दिन दौडेर ७५ जिल्ला पुगिसकेको ललितपुरको गोदावारीस्थित गोदामचौर निवासी कार्कीले जानकारी दिए। कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी २ पटक, काठमाडौंदेखि लुम्बिनी ६ पटक, काठमाडौंदेखि दोलखा ३ पटक र काठमाडौंदेखि पोखरा १ पटक दौडिसकेका छन्। त्यस्तै कार्कीले काठमाडौंदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडेर पुगेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell