PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलम्पिक छनोट : म्यानमारविरुद्ध नेपाल, लाइभ हेर्नुहोस्



ओलम्पिक छनोट : म्यानमारविरुद्ध नेपाल, लाइभ हेर्नुहोस्

काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकअन्तर्गत महिला फुटबलको लागि एसियाली छनोटमा नेपालले अहिले म्यानमारसँग खेलिरहेको छ।

एसियाली छनोटको समूह सी को खेलमा नेपालले म्यानमार विरुद्ध सुरुवाती अग्रता लिएपनि म्यानमारले बराबरी गोल फर्काइसकेको छ। यांगुनस्थित युवुना रंगशालमा सावित्रा भण्डारीले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएपनि १४औँ मिनेटमा घरेलु टोलीले बराबरी गोल पर्काएको हो।

पहिलो खेलमा भारतसँग अंक बाँडेको नेपालको लागि आयोजक विरुद्धको खेल निकै महत्वपूर्ण हुनेछ। म्यानमारले भने बंगलादेशलाई ५-० ले पराजित गर्दै शानदार सुरुवात गरिसकेको छ।

यस्तै आजै भएको खेलमा भारतले बंगलादेशलाई ७-१ ले पराजित गरिसकेको छ। त्यसैले नेपालको लागि समूहको शीर्ष दुईमा रहने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने हुन्छ। 

दुई खेलपछि ४ अंक जोड्दै भारत समूह्य सी को शीर्ष स्‍थानमा उक्लिएको छ भने समान खेलबाट बंगलादेश अंकविहिन छ।

पहिलो चरण खेलिरहेका चार समूहका समूह विजेतासँगै दुई उत्कृष्ट समूह उपविजेता छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell