PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पाकिस्तान सुपर लिगको ड्राफ्टमा दुई नेपाली खेलाडी, सन्दीप गोल्ड र सोमपाल सिल्भर क्याटेगोरीमा



पहिलोपोस्ट

पाकिस्तान सुपर लिगको ड्राफ्टमा दुई नेपाली खेलाडी, सन्दीप गोल्ड र सोमपाल सिल्भर क्याटेगोरीमा

काठमाडौँ : विश्वका विभिन्न लिग खेलेर सनसनी मच्चाइसकेका युवा स्टार सन्दीप लामिछानेसँगै सोमपाल कामी पहिलो पटक पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० लिगको ड्राफ्टमा परेका छन्।

गत वर्ष आइपीएल खेलेपछि विश्वभर चर्चित भएका सन्दीप आगामी सिजनको अष्ट्रेलियन बिग बास लिग (बीबीएल) को लागि समेत छनोट भएका छन्। सन्दीपले ग्लोबल टी-२० क्यानडा, क्यारेवियन प्रिमियर लिग (सीपीएल) र पहिलो संस्करणको अफगानिस्तान प्रिमियर लिग (एपीएल) समेत खेलिसकेका छन्। यस्तै बंगलादेश प्रिमियर लिग (बीपीएल) को लागि समेत छनोट भएका छन्।

फास्ट बलर सोमपाल भने कुनै पनि विदेशी लिगको ड्राफ्टमा परेको यो दोस्रो पटक हो। यसअघि सोमपाल पनि अपीएलको ड्राफ्टमा परेका थिए। तर उनलाई कुनै टिमले लिएन।

पीएसएलको अफिसियल ट्वीटर पेजमा सार्वजनिक गरिएको लिस्ट अनुसार सन्दीप विदेशी खेलाडी कोटाको गोल्ड क्याटेगोरीमा छन् भने सोमपाल विदेशी खेलाडीको सिल्भर क्याटेगोरीमा छन्।

पाँचौ संस्करणको पीएसएलको अन्तिम ड्राफ्ट नोभेम्बर २० तारिखमा पाकिस्तानको इस्लामबादमा आयोजना हुनेछ र त्यसैबाट सहभागि टिमले आफ्नो अन्तिम टिमका लागि खेलाडी छनोट गर्नेछन्। प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell