PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ला लिगा : सेभिया र रियल मड्रिड विजयी



पहिलोपोस्ट

ला लिगा : सेभिया र रियल मड्रिड विजयी

स्पानिस ला लिगामा गएराती भएको खेलमा सेभिया र रियल मड्रिड विजयी भएका छन्।

स्पानयोलाई २-१ ले पराजित गर्दै सेभिया अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। यस्तै सेल्टा भिगोलाई ४-२ ले पराजित गरेको रियल भने छैटौँ स्थानमा यथावत छ।

घरेलु मैदानमा सेभियाले अन्तिम ३० मिनेटमा दुई गोल गर्दै खेल जितेको हो। पहिलो हाफमा एक गोलले पछि परेको सेभियाले दोस्रो हाफमा पुनरागमन गर्‍यो। सेभियालाई जिताउन ७०औँ मिनेटमा गाब्रीएल मर्साडो र विसम वेन इडरले ८९औँ मिनेटमा गोल गरे।

स्पानयोलाका लागि ३८औँ मिनेटमा बोजा इग्लेसिसले गोल गरेका थिए।

जितपछि सेभियाले १२ खेलबाट एट्लेटिको र अलाभेज समान २३ अंक नै जोडेको छ र गोल अन्तरमा अगाडी रहँदै दवस्रो स्थानमा उक्लेको छ।

यसैगरी दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको सेल्टालाई हराउन रियलका करिम बेन्जामा, सर्गियो रामोस र डानी सेबालोसले एक-एक गोल गरे। रियलले एक आत्मघाती गोल उपहार पाएको थियो। सेल्टाका लागि ह्युगो मालो र ब्रेइस मेन्डेजले गोल गरे। ८७औँ मिनेटमा सेल्टाका गुस्ताभो काब्राले रातो कार्ड पाएका थिए।

 जितपछि पनि १२ खेलबा६ २० अंक रहेको रियल छैटौँ स्थानमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell