PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अब दसैँमा जस्तै सबै चाड र दिवसमा राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने, दसैँ काउन्टर नचलाउने



पहिलोपोस्ट

अब दसैँमा जस्तै सबै चाड र दिवसमा राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने, दसैँ काउन्टर नचलाउने

काठमाडौँः अब दसैँसहित अन्य राष्ट्रिय चाडपर्वमा पनि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार, बैंकिङ कार्यालय थापाथलीसहित अन्य क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण गरिने भएको हो।

दसैँमा मात्र नयाँ नोट वितरण गर्दा लामो लाइन लाग्ने गरेको र सर्वसाधारणबाट नयाँ नोट पाइन भन्ने गुनासो कहिले नघटेपछि अन्य चाडपर्वमा पनि वितरण गर्न लागिएको हो।

मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीहरूले मनाउने चाडपर्व तथा राष्ट्रिय दिवसहरूमा नयाँ नोट उपलब्ध हुने उनले जानकारी दिए।

दसैँसँगै नयाँ वर्ष, उभौली पर्वरबुद्ध जयन्ती, गाईजात्रा, गौरा पर्व, तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्व, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्बरयोमरी पुन्ही ज्यापू दिवस, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, फाल्गु पूर्णिमा, घोडेजात्रा, इद आदि राष्ट्रिय चाडपर्व तथा दिवसमा नयाँ नोट सटही गर्न पाइने भएको हो।

राष्ट्र बैंकले पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका रङ्ग लगाइएका, पानीले भिजेका हातहरुले नोट नछुनका लागि पनि आग्रह गरेको छ। साथै आफूलाई आवश्यक परेकोभन्दा बढी नोट भए बैंकमा जम्मा गर्न आग्रहसमेत गरेको छ।

दसैँसहित सबै जातजातिको चाडपर्वमा नयाँ नोट दिएर सानवेशीताको सम्मान गरिएको राष्ट्र बैंकले जनाएको छ। वर्षैभरि सबै चाडपर्वमा नोट सटही गरिने भएकाले दसैँमा  यसअघि जस्तो छुट्टै काउन्टर नराख्ने राष्ट्र बैंकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell