PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अन्तरिक्ष र जनताको रक्षा आजका चुनौति : सञ्चारमन्त्री बास्कोटा



अन्तरिक्ष र जनताको रक्षा आजका चुनौति : सञ्चारमन्त्री बास्कोटा
श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौ दिने धर्म जागनी महोत्सव–२०७५ को सोमबारको उद्घाटन सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई मायोको चिनो प्रदान गर्दै श्रीकृष्ण प्रणामी धर्मगुरु बाबाजी शान्त श्री १०८ अमृतराजजी महाराज। फोटो: रासस

काभ्रे: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताएका छन्। 

काभ्रेको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै मन्त्री बास्कोटाले भने, “प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो।” उनले मानवजाति र प्राणीको रक्षार्थ देशलाई समृद्ध बनाउन आआफ्ना क्षेत्रबाट सक्रिय हुनुपर्ने बताए। 

मन्त्री बास्कोटाले अन्तरिक्षको रक्षाले विश्व मानवको जीवनचक्र चलिरहने र मानव रक्षाले अधिकारको सम्मान हुने धारणा राखे। भने “अन्तरिक्ष नहुँदा प्रविधि र मानव जाति सङ्कटमा पर्छ, यसका लागि पनि मानवजातिको रक्षा प्रमुख आवश्यकता हो।” 


बास्कोटाले धर्म, संस्कृति र राजनीतिको लक्ष्य न्याय, समानता, प्रगति, सद्भाव, प्राणीजातिको रक्षा भएकाले विविधतामा एकता भएको नेपालमा रहनुमा गर्वित हुनुपर्ने बताउँदै नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराउने घटना भइरहेकामा दुःख व्यक्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell