PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सेञ्चुरी कर्पोरेट सुपर सिक्सेस क्रिकेट मंसिर दोस्रो सातादेखि



सेञ्चुरी कर्पोरेट सुपर सिक्सेस क्रिकेट मंसिर दोस्रो सातादेखि

काठमाडौं : एसएस इभेन्सको आयोजना हुने पाँचौ संस्करणको ‘सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट’ प्रतियोगिता आगामी मंसिर दोस्रो साता हुने भएको छ ।

आयोजकले सोमवार पत्रकार सम्मेलन प्रतियोगिता मंसिर १० देखि १५ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुने जानकारी गराएको हो।

प्रतियोगितामा विभिन्न २४ कर्पोरेट हाउसका टोलीले सहभागिता जनाउने एसएस इभेन्टस्का प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमन शिवाकोटीले जानकारी दिए।

लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागि टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइनेछ। प्रत्येक समूहमा तीन टिम हुनेछन् र उत्कृग्ट दुई टिम प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगिताको खेलहरु ५ ओभरको हुनेछ। यस्तै एकटिममा ८ खेलाडी हुनुपर्नेछ। यस्तै प्रतियोगितामा सहभागिता जनाउने खेलाडी ६ महिनादेखि बैंकमा कार्यरत हुनुपर्नेछ।

करिब ३२ लाख खर्च हुने अनुमान रहेको प्रतियोगितामा सहभागिताको ६५ हजार दर्ता शुल्क राखिएको छ। प्रतियोगिताको विजेताले ट्रफीसहित अर्को वर्षको प्रतियोगितामा नि:शुल्क प्रवेश पाउनेछन्।

यस्तै सर्वोत्कृष्ट खेलाडीले ट्रफी र गिफ्ट ह्याम्पर तथा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर र विकेट किपरले आकर्षक पुरस्कार प्राप्त गर्नेछन्। सिभिल बैंक प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell