PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालाजुको होटलको रुम नम्बर ७ मा भेटिएको रातो कपडामा के थियो? सेना पुगेपछि बल्ल खुल्यो रहस्य - वासिङ पाउडर!



बालाजुको होटलको रुम नम्बर ७ मा भेटिएको रातो कपडामा के थियो? सेना पुगेपछि बल्ल खुल्यो रहस्य - वासिङ पाउडर!
सेनाको डिस्पोजल टोलीको फाइल फोटो

काठमाडौँ : काठमाडौंको बालाजु नयाँ बसपार्क क्षेत्रमा रहेको पूर्वीय चन्द्रमा गेष्ट हाउसको रुम नम्बर सेभेनमा एउटा शंकास्पद वस्तु फेला परेको खबर आज दिउँसो आयो। 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा सिभिल टोली घटनास्थलमा पुग्यो। होटलको कोठा खोलेर हेर्दा रातो कपडाले बेरेको वस्तु र केही पर्चा समेत फेला पर्‍यो। डिएसपी होविन्द्र बोगटीका भेटिएका पर्चाहरु 'हामी नेपाली, हाम्रो नेपाल' लेखिएको लेटरप्याडमा थिए। 

रातो कपडाभित्रको वस्तु शंकास्पद देखिएपछि विस्फोटक पदार्थ हुनसक्ने आशंकामा सेनाको डिस्पोजल टोली बोलाइयो। 

डिस्पोजल टोलीले पत्ता लगायो, रातो कपडाभित्र विस्फोटक पदार्थ हैन, सामान्य वस्तुमात्र रहेछन्। डिएसपी बोगटीका अनुसार त्यसभित्र वासिङ पाउडर र केही शिशाका टुक्रा थिए। 'त्रसित बनाउन यो हर्कत गरेको देखियो', उनले भने। करिब २ घण्टापछि रातो कपडाका कारण फैलाउन खोजिएको आतंकको अन्त्य भयो।

बिहान ११ बजे मास्क लगाएका एक युवकले होटलको त्यो कोठा बुक गरेको र ३० मिनेट कोठाभित्र बसेर निस्किएको अनुसन्धानबाट खुलेको डिएसपी बोगटीले बताए। 'ती युवकको खोजी गर्दैछौँ', उनले भने। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell