PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्व क्रिकेटकै उत्कृष्ट फिल्डर जोन्टी रोड्स पहिलो पटक नेपालमा, नेपाली खेलाडीलाई क्रिकेट कला सिकाउने, हेर्नुस् फोटोमा

विश्व क्रिकेटकै उत्कृष्ट फिल्डर जोन्टी रोड्स पहिलो पटक नेपालमा, नेपाली खेलाडीलाई क्रिकेट कला सिकाउने, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : दक्षिण अफ्रिकाका क्रिकेट हस्ती, विश्व क्रिकेटको लिजेण्ड्री फिल्डर जोन्टी रोड्स पहिलो पटक नेपाल आइपुगेका छन्। उनी यहाँ क्रिकेट खेल्न नभई क्रिकेट कला सिकाउन आएका हुन्।

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा हुन लागेको दश दिनको हाइ परफरमेन्स क्याम्पमा नेपाली खेलाडीलाई प्रशिक्षण दिन उनी शनिवार नेपाल आइपुगेका हुन्। र उनलाई सोमवार आयोजकले औपचारिक रुपमा सार्वजनिक गरेको थियो।

इन्डियन प्रिमियर लिग (आइपीएल) मा ९ वर्षसम्म मुम्बई इन्डियन्सको प्रशिक्षक रहेका उनले श्रीलंका, दक्षिण अफ्रिका र केन्याको टोलीलाई समेत प्रशिक्षण दिइसकेका छन्।

उनीसँगै वेष्टइन्डिज र अफगानिस्तानको प्रशिक्षक रहिसकेका र्‍यान मारोनले नेपालको युवा खेलाडीसहित राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकहरुलाई समेत प्रशिक्षण गराउने आयोजकले जनाएको छ।

जोन्टी रोड्सले नेपाली युवा खेलाडी उत्कृष्ट रहेको र यू-१९ लेभलमा दक्षिण अफ्रिकालाई समेत हराइसकेको स्मरण गर्दै सिमित साधान र स्रोतका बावजुत पनि नेपाली युवा खेलाडीले राम्रो प्रदर्शन गरेको बताए। उनले नेपालका युवा खेलाडीको स्तर विकास गर्न सहयोग गर्ने र यो १० दिनको क्याम्पमा मात्रमा सिमित नगरी त्यसलाई कसरी निरन्तरता दिन सकिन्छ भने छलफल गर्ने जानकारी दिए।
 


ट्रेन्डिङ पोस्ट

Ncell