PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ला लिगा अहिलेसम्मकै प्रतिस्पर्धात्मक हुँदैछ : मेसी



पहिलोपोस्ट

ला लिगा अहिलेसम्मकै प्रतिस्पर्धात्मक हुँदैछ : मेसी

बार्सिलोनाका कप्तान लियोनल मेसीले स्पानिस ला लिगा पहिलोको भन्दा प्रतिस्पर्धात्मक भएको बताएका छन्। स्पानिस पत्रिका मार्काले प्रदान गर्ने ला लिगाको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड पाएपछि मेसीले ला लिगा अहिलेसम्मकै प्रतिस्पर्धात्मक बनेको प्रतिक्रिया दिएका हुन्।

'लिग अहिलेसम्मकै सबैभन्दा प्रतिस्पर्धात्मक बनिरहेको छ, केही सजिलो छैन। कुनै पनि टिमले कुनै पनि टिमलाई हराउन सक्छ र म आशा गर्छु केही समयका लागि अझै यसरी नै अगाडी बढोस्।' मेसीले भने।

२०१७-१८ को सिजनमा सर्वाधिक ३४ गोल गरेका मेचीले पिचीची अवार्ड प्राप्त गरेका हुन्। यस अवार्डसँगै मेसीले यो अवार्ड पाँच पटक जित्ते स्टेपानो, क्वीनी र ह्युगो सान्चेजसँग बराबरी गरेका छन्। यी चार खेलाडी भन्दा टेल्मो जाराले मात्र ६ पटक यस अवार्ड जितेका छन्। यस्तै उत्कृष्ट खेलाडी भए वापत अल्फ्रेडो डि स्टेफानो अवार्ड पाए।

यस्तै उत्कृष्ट गोलकिपरलाई प्रदान गरिने जामोर ट्रफी लगातार तेस्रो पटक एट्लेटिको मड्रिडका जान ओबलाकले प्राप्त गरे। उनले गत सिजन ३७ खेलमा २२ गोल मात्र खाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell