PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमनेस्टीले फिर्ता लियो म्यानमारकी नेतृ सू’चीलाई दिएको सर्वोच्च सम्मान



पहिलोपोस्ट

एमनेस्टीले फिर्ता लियो म्यानमारकी नेतृ सू’चीलाई दिएको सर्वोच्च सम्मान

एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सू चीलाई दिएको सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्साइन्स अवार्ड’ फिर्ता लिएको छ। 

नोबेल पुरस्कार विजेता समेत रहेकी सू चीलाई सन् २००९ मा एमनेस्टीले उक्त अवार्ड दिएको थियो। प्रजातान्त्रिक आन्दोलनका क्रममा घरमै नजरबन्द रहेको बेला उक्त अवार्ड दिइएको थियो।

एमनेस्टीले रोहिंग्या अल्पसंख्यकप्रति उनको व्यवहारले निराश बनाएको भन्दै उक्त अवार्ड फिर्ता लिएको हो। नोभेम्बर १२ मा उक्त अवार्ड फिर्ताको घोषणा गरिएको हो। एमनेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडुले अवार्ड खोसिएकोबारे जानकारी सू चीलाई दिएको बीबीसीले जनाएको छ। 

कुनै समय सूचीलाई लोकतन्त्रको ‘प्रकाश स्तम्भ’ भनेको एमनेस्टीले उनी रिहा भएको आठ वर्ष पूरा भएकै दिन अवार्ड फिर्ता लिएको हो।

लोकतान्त्रिक आन्दोलनका क्रममा १५ वर्षसम्म नजरबन्दमा रहेकी सूचीलाई १९८९ मा एमनेस्टीले राजनीतिक बन्दी घोषित गरेको थियो। राजनीतिक बन्दी घोषित गरेको २० वर्षपछि अवार्ड फिर्ता गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell