PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किरण केसी : 'आँचल मह संचारकी छोरी'



पहिलोपोस्ट

किरण केसी : 'आँचल मह संचारकी छोरी'

काठमाडौं : मह संचारको प्रस्तुतिमा फिल्म 'दाल भात तरकारी'को सुभ मुहूर्त गरिएको छ। फिल्मको छायाँकन शनिबारबाट सुरु हुने निर्माण टिमले जनाएको छ। फिल्मलाई हाँस्य कलाकार किरण केसी 'रातामकै'का छोरा सुदन केसीले निर्देशन गर्नेछन्।  

सुदनले यसअघि हलिउडका २ फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन्। पछिल्लो समय फिल्मका लागि अभिनेत्री स्वस्तिमा खड्का फाइनल भएकी थिइन्। हालै स्वस्तिमाले फिल्म छोडेपछि फिल्ममा आँचल शर्मा अनुबन्धित भएकी हुन्। आँचलले यसअघि पनि मह संचार कै फिल्म 'सत्रुगते' गरेकी थिइन्।

किरणले आँचललाई फिल्मको सुभ मुहूर्त कार्यक्रममा मह संचारकी छोरी भनेर सम्बोधन गरे। उनले भने 'आँचल त मह संचारकी छोरी हुन्'।

फिल्मका लागि २ करोड २६ लाख लगानी लाग्ने बताइएको छ। फिल्ममा लगानी गर्नलाई ११ जना निर्माताहरु तयार भएका छन्। रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कशंकर, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग कुँवर, शिशिर वांग्देल, विल्सन विक्रम राई, दीवेन्द्र खनियाँ र सुमित मैनाली फिल्मका निर्माताहरु हुन्।

फिल्ममा आँचलसँगै मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, वर्षा राउत, प्रियांका कार्की, किरण केसी, विल्सन विक्रम राईलगायतको अभिनय रहनेछ।

शम्भुजित बास्कोटाको संगीत रहने फिल्ममा दीर्घ गुरुङको सिनेम्याटोग्राफी, हरिवंश आचार्यको संवाद/पटकथा रहनेछ। कमेडी जनरामा फिल्म बन्ने भएको हो। फिल्मको छायाँकन काठमाडौं र पोखरमा हुने निर्माण टिमले जनाएको छ। ३८ वर्षदेखि थिएटर र फिल्म क्षेत्रमा काम गर्दै आएको मह संचारको यो तेस्रो फिल्म हो।


 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell