PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'स्पाइडर म्यान'का सर्जक लीको निधन



'स्पाइडर म्यान'का सर्जक लीको निधन
फोटो: gamefragger.com

अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्ट्यान लीको मृत्यु भएको छ।

९५ वर्षे लीको लस एन्जलसमा मृत्यु भएको हो। उनी निमोनियालगायतका रोगबाट पीडित थिए।

उनले कमिकको माध्यमा स्पाइडर म्यान, द एक्स मेन, थोर आइरन म्यान, ब्ल्याक प्यान्थर, द इन्क्रेडिबल हल्क, द फ्यान्टास्टिक फोर, एन्ट म्यान, डेरडेभिल लगायतका विश्व प्रसिद्ध पात्रहरुको निर्माण गरेका थिए। उनको यो सिर्जनाले उनी कमिक पाठकहरुका लागि 'रियल लाइफ सुपर हिरो' बन्न सफल बने।

'फादर अफ पप कल्चर' नामले परिचित लीलार्इ 'युनिभर्स अफ क्यारेकटर'(पात्रहरुको ब्रहमाण्ड) निर्माण गरेकोमा पाव इन्टरटेन्मेन्टका प्रमुख शेन डफीले प्रशंसा गरेका छन्।

यस्तै डिज्नीका अध्यक्ष बब इगरले ली उनले निर्माण गरेका पात्रहरु झै असाधरण रहेको बताएका छन्। लीले निर्माण गरेका पात्रहरु अमर रहेकाले ती पात्र रहेसम्म ली पनि अमर रहने भन्दै इगरले भने,'लीले विश्वभरका मानिसहरुलार्इ एक सूत्रमा जोड्न, प्रेरणा दिन र मनोरञ्जन दिएर आफूलार्इ सुपर हिरो प्रमाणित गरेका छन्।'

उनले निर्माण गरेका पात्रहरु काल्पनिक भएपनि तिनीहरुमा मानवीय गुण देख्न पाइन्थ्यो। सन् १९७९ मा एक अन्तर्वार्तामा जिनी साइमन्सले भनेका थिए, 'लीले निमार्ण गरेका कथाहरुले स्पाइडरम्यान र इन्क्रिडिबल हल्क जस्ता सुपर हिरोहरुमा अहंकार हुने र उनीहरु पनि केटीहरु प्रति मोहित हुने कुरा सिकायो। स्पाइडर म्यान जस्ता इमान्दार पात्रले मानिसमा रहेका विभिन्न पक्षहरु देखाउँछ।' 

एक अन्तर्वार्ताका क्रममा लीले भनेको 'द मोर यु रिड, द बेटर यु आर गोयिङ टु बिकम अ स्टोरी टेलर'(तिमी जति धेरै पढ्छौं, तिमी त्यही रुपमा सफल कथाकार हुनसक्छौं। ) भन्ने भनार्इ निकै प्रसिद्ध भएको थियो।

सन् १९२२ मा जन्मेका लीका बुवा रोमनियाबाट शरणार्थीका रुपमा अमेरिका प्रवेश गरेका थिए। उनी १९ वर्षको उमेरमा टाइम्ली पब्लिकेसन्सको सम्पादक नियुक्त भएका थिए। उनले लेखका कमिकहरु धेरैजसो सुपरहिट रहेका थिए। कतिपय कमिकहरु विभिन्न भाषामा अनुवादसमेत भएका थिए भने कमिकहरुमा आधारित भएर कार्टुन सिरियल र चलचित्रसमेत बनेका छन्।

सन् २००२ मा उनले एक्सस्लेसियर! द अमेजिङ लाइफ अफ स्टान ली नाम गरेको आत्मकथा प्रकाशित गरेका थिए।

कमिक कल्चर विस्तारै लोप हदैँ गएपनि स्टयान् लीका कमिक पात्रहरुको माध्यमबाट उनी अमर रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell