PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मिस वर्ल्ड ‘हेड टु हेड च्यालेन्ज’का लागि मिस नेपाल परिन् समूह १३ मा



पहिलोपोस्ट

मिस वर्ल्ड ‘हेड टु हेड च्यालेन्ज’का लागि मिस नेपाल परिन् समूह १३ मा

मिस वर्ल्डको ६८ औं संस्‍करण चीनको सान्यामा हुँदैछ। एक सय बीस देशका प्रतिस्पर्धी रहेका सौन्दर्य प्रतियोगितामा ६-६ जना रहेको २० वटा समूहमा विभाजन गरिएको छ।

पहिलो चरणमा यी प्रतिस्पर्धीहरु ‘हेड टु हेड’ च्यालेन्ज गर्नेछन्। हरेक समूहका सदस्यको परिचयात्मक भिडियो र कुनै विषयमाथि उनीहरुले राखेको अभिव्यक्तिका आधारमा अर्को चरणका लागि छानिने छन्। ६ जनामध्ये एक भने पब्लिक भोटका आधारमा विजेता घोषित हुन्छन्।

मिस वर्ल्ड २०१८ का लागि मिस नेपाल श्रृङ्खला खतिवडाले नेपालको प्रतिनिधित्व गर्दैछिन्। उनी समूह नम्बर १३ मा परेकी छिन्। उनको टिममा मिस अर्जेन्टिना, मिस बोस्निया एण्ड हर्सगोभिना, मिस ग्वाम, मिस मोल्डोभा र मिस लक्जेमवर्ग रहेका छन्। 

भोटिङका आधारमा छानिएका २० जना बाहे अन्यले उत्कृष्ट ३० मा पर्नका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छ। डिसेम्बर ८ मा हुने फिनालेमा मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले विजेतालाई ताज पहिराउने छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell