PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलम्पिक छनोट : बंगलादेशसँग बराबरीमा रोकिएपनि नेपाल दोस्रो चरणमा



पहिलोपोस्ट

ओलम्पिक छनोट : बंगलादेशसँग बराबरीमा रोकिएपनि नेपाल दोस्रो चरणमा

काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक अन्तर्गत महिला फुटलबको लागि एसियाको प्रारम्भिक छनोटमा नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग पनि बराबरी खेलेको छ।

समूह सी मा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपनि नेपाल तेस्रो हुनेमध्ये उत्कृष्ट दुई भित्र पर्दै दोस्रो चरणका लागि छनोट भएको छ।

म्यानमारमा भइरहेको समूह सी अन्तर्गत सबै तीन खेलमा बराबरी खेलेको नेपाल ३ अकंका साथ तेस्रो भएको हो। तर पहिलो चरणमा प्रतिस्पर्धा गरिरहेका चार समूहको तेस्रो हुनेमध्ये नेपाल उत्कृष्ट दुईमा पर्दै दोस्रो चरण पुगेको हो।

यागुनस्थित थुवुन्ना रंगशालामा भएको खेलमा नेपालकालागि कप्तान निरु थापाले १७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्। तर बंगलादेशका लागि अखिल खातुनले इन्जुरी टाइममा गोल गरेपछि नेपाल जितबाट बन्चित भएको हो।

नेपालले भारत र म्यानमारसँग १-१ को बराबरी खेलेको थियो।

म्यानमार भारतले भने दुई खेलबाट ४-४ अंक जोडेका छन्। आजै हुने यस खेलमा जस्तो नतिजा आएपनि दुवै टोली शीर्ष दुईमा रहँदै दोस्रो चरणमा पुग्नेछन्।

पहिलो चरणमा सहभागि १८ टोलीलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको छ। चार समूहकाविजेता र उपविजेता सिधै दोस्रो चरण पुग्नेछन् भने तेस्रो हुने उत्कृष्ट दुई टोलीले पनि दोस्रो चरणमा प्रवेश पाउँनेछ।

पहिलो चरणमा बाट छानिएका १० र वरियताका आधारमा सिधै दोस्रो चरणमा  स्थान पाएका भियतनाम र उज्वेकिस्तानसहित १२ टोलीबीच दोस्रो चणमा प्रतिस्पर्धा हुनेछ।

दोस्रो चरणको खेल अप्रिल २०१९ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell