PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

चिनियाँ टोलीसहित मुख्यमन्त्री शाहीले गरे हिल्सा - जमुनाहा द्रुत मार्गको हवाई सर्भे



पी बी खड्का

चिनियाँ टोलीसहित मुख्यमन्त्री शाहीले गरे हिल्सा - जमुनाहा द्रुत मार्गको हवाई सर्भे

सुर्खेतः कर्णाली प्रदेशको कर्णाली करिडोर अन्तर्गत हिल्सा–कोहलपुर–जमुनाहा द्रुत मार्गको हवाई सर्भे गरिएको छ । मंगलवार प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित चिनिया टोलीले हिल्सा नाकादेखि जमुनाहासम्म प्रारम्भिक सर्भे गरेका हुन्। मुख्यमन्त्री शाहीको नेतृत्वमा चीनको सिचुवान प्रान्तको सिआरसी रेल वे कम्पनीको टोलीले उक्त द्रुत मार्गको हवाई सर्भे गरे।  

कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पहिलो प्राथमिकता सडक भएकाले अहिले तत्काल सडक सञ्जाल विस्तार गर्न प्रदेश सरकार लागी परेको मुख्यमन्त्री शाहीले बताए। भौगोलिक विकटताले प्रारम्भिक सर्भे हवाईबाट गरिएको बताए । 

द्रुत मार्ग व्यापार र पर्यटनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री शाहीको दाबी छ।
 
‘प्रदेशको विकास र समृद्धिका लागि सडक महत्वपूर्ण छ। प्रदेश सरकारले प्राथमिकताकासाथ सडक विस्तार गर्न लागी परेको छ,’ उनले भने, ‘अझ यो द्रुत मार्गले तीन वटा देशसँग जोड्ने हुँदा प्रदेशको हितका लागि महत्त्वपूर्ण मार्ग बन्छ । यो सडक वैदेशिक व्यापारका लागि पनि फाइदा हुन्छ।’
 
चिनिया सरकारी कम्पनीका नेपाली प्रतिनिधि कविन्द्र जोशीका अनुसार अब छिट्टै चिनियाँ इन्जिनियरले गाडीमार्फत सर्भे गर्ने बताए। प्राविधिक सहितको चिनियाँ टोलीले गरेको सर्भेको प्रतिवेदन पेश भएपछि मात्रै कस्तो सडक निर्माण गर्ने र सोको आधारमा बजेट निर्क्यौल हुने जोशीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell