PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा, प्रधानमन्त्री भने सहभागी भएनन्



राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा, प्रधानमन्त्री भने सहभागी भएनन्
फोटो: रासस

काठमाडौँ: छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन्। 

राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गरेका हुन्। कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा राष्ट्रपति र उपराष्ट्रपति सहभागी भए।

छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ। कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी भएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सरिक हुन सकेनन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell