PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एआइजीमा बढुवा हुने एकमात्र महिला डा. थापालाई आइजी खनालले लगाइदिए दर्ज्यानी चिह्न



एआइजीमा बढुवा हुने एकमात्र महिला डा. थापालाई आइजी खनालले लगाइदिए दर्ज्यानी चिह्न

काठमाडौँ : नेपाल प्रहरीको प्राविधिकतर्फ एआइजीमा बढुवा हुने एक मात्र महिला  डा.दुर्गा थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न लगाइदिएका छन्।

सरकारले कात्तिक २५ गते डा. थापालाई बढुवा गरेको थियो। 

​उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी महत्वपूर्ण हुने भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए।

​नेपाल प्रहरी अस्पताललाई नेपालमै रहेका अस्पतालमध्ये राम्रो अस्पतालको रुपमा स्थापित गर्नुपर्ने उनले बताए। 

​उक्त अवसरमा पदोन्नति भएका डा. थापाले अस्पताललाई आधुनिक, अनुशासित र कार्यरत कर्मचारीहरुको मनोबल उच्च राखी सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell