PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विद्यालयस्तरीय एलपीएल क्रिकेट : साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पीयन एकेडेमीको विजयी सुरुवात



एम बम

विद्यालयस्तरीय एलपीएल क्रिकेट : साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पीयन एकेडेमीको विजयी सुरुवात

धनगढी : देशकै सर्वाधिक धनराशीको विद्यालय स्तरीय निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) टी-२० मा  साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पीयन एकेडेमीको विजयी भएका छन्।

आज भएको उद्घाटन खेलमा सिद्धार्थले निष्ट भक्तपुरलाई ४ रनले हराएको हो भने दोस्रो खेलमा क्यास्पीयन एकेडेमीले शारदा माविलाई हराएको हो।

उद्घाटन खेलमा सिद्धार्थ शिशु सदनले निष्ट भक्तपुरमाथि ४ रनको रोमाञ्चक जित हासिल गरेको हो।  समूह ए को  खेलमा टस जितेर पहिले व्याटिङ गरेको सिद्धार्थले १० ओभरमा घटाईएको खेलमा ५ विकेट गुमाएर ६३ रन बनाएको थियो। समय अभावका कारण ओभर घटाइएको हो। सिद्धार्थका लागि गजेन्द्र बोहोराले १८, सुरेन्द्र साउदले नटआउट १५ र खडक बोहोराले १४ रन बनाए। निष्ट भक्तपुरका लागि कप्तान सोहन यादवले २ विकेट लिए।

६४ रनको लक्ष्य पछ्याएको निष्ट भक्तपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ५९ रन मात्रै जोड्न सक्यो। निष्टका लागि शिशिर केसीले १९ र कप्तान सोहन यादवले १४ रन जोडेपनि आफ्नो टीमलाई जिताउन सकेनन्। सिद्धार्थलाई जिताउन प्रकाश थापाले २ ओभरमा ६ रन खर्चंदै २ विकेट लिए। खेलको म्यान अफ द म्याच हुँदै उनले नगद एक हजार सहित ट्रफी पाए।

दोस्रो खेलमा धनगढीको अर्कव टीम क्यास्पीयन एकेडेमीले शारदा माविलाई १४ रनले हरायो। टस जितेर पहिले व्याटिङ गरेको क्यास्पीयनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय एक रन बनायो। उसका लागि दिनेश अधिकारीले ३०, प्रकाश पाठक २० र निशान बोगटीले १८ रन बनाए। शारदाले क्यास्पीयनका चार जना खेलाडीलाई रनआउट गरेको थियो।

एक सय २ रनको लक्ष्य पछ्याएको शारदा १६.३ ओभरमा ८७ रनमा अलआउट भयव। शारदाका लागि दिपक टमट्टाले ३४ र जीवन मगरले २२ रन वनाउनु वाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। क्यास्पीयनलाई जिताउन रोशन अधिकारी एक्लैले ६ विकेट लिए। निराजन रावलले २ विकेट लिए। ६ विकेट लिएका रोशन म्यान अफ द म्याच भए। उनले नगद एक हजार सहित ट्रफी पाए।

प्रतियोगिताअन्तर्गत बुधवार पहिलो खेलमा कैलाली मोडेल र विज्डम एकेडेमी तथा दोस्रो खेलमा मोदाक्षा काठमाण्डौ र एवीसी स्कुल नेपालगंजबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने छ। प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने छ। 

प्रतियोगिता संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निष्ट कलेज लैनचौरको मुख्य प्रायोजनामा सञ्चालन भईरहेको छ। मंसिर ४ गतेसम्म हुने प्रतियोगितामा देशभरिका १२ टिमले सहभागीता जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell