PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरिँदै छठ



पहिलोपोस्ट

उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरिँदै छठ
फाइल फोटो

काठमाडौंः उदाउँदो सूर्यलाई अर्घ दिर्इ आस्थाको महापर्व छठ आज समापन गरिँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ आज समापन गरिन्छ। सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि सुरु भएको हो।

चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन हुन्छ। अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ।

 यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने प्रचलन छ। षष्ठीमा रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य पर्व समापन हुन्छ।

 सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell