PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री ओली र अमेरकी राजदूत बेरीबीच भेट



प्रधानमन्त्री ओली र अमेरकी राजदूत बेरीबीच भेट

काठमाडौं: अमेरिकी राजदुत रेण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। तीन साता अगाडि नेपाल आई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका उनले आजमात्र प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
 
उनले यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरिसकेका थिए। प्रधानमन्त्री अस्वस्थ भएका कारण उनको भेट पर धकेलिएको थियो। भेटका क्रममा प्रधानमन्त्री ओलीले राजदुतसमक्ष नयाँ नेपाल निर्माणको योजना सुनाएका थिए।
 
भेटमा राजदुत बेरीले अमेरिका नेपाल सम्बन्धलाई थप उचाइमा पुर्‍याउन साथै सुरक्षित, समृद्ध नेपाल र नेपालीको पक्षमा अमेरिका सधैं साथमा रहने प्रतिवद्धता जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell