PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

क्यानडाको जाडोमा हिमालयन तेक्वान्दोको उत्कृष्ट प्रदर्शन



क्यानडाको जाडोमा हिमालयन तेक्वान्दोको उत्कृष्ट प्रदर्शन

क्यानडा : अवसर र मेहनत भए नेपालीले संसारको कुनै पनि कुनामा पहिचान र अस्तित्व देखाउन सक्छन्। यसैको गतिलो उदाहरण बनेका छन् प्रशिक्षक राजु गडतौला र उनको नेपाली तेक्वान्दो टोली। उनको सत्र सदस्यय नेपाली टोलीले आगामी वर्ष जर्मनीमा हुने वर्ल्ड च्याम्पियनसिपका लागी क्यानडामा नोभेम्वर १० र ११ मा भएको तेक्वान्दो छनोट प्रतियोगीतामा उत्कृष्ट नतिजा हासिल गरेको छ।

क्यानडा, अल्बर्टा प्रान्तको राजधानी एडमन्टनमा तीन बर्षदेखी नेपाली मुलका खेलाडीलाई हिमालयन तेक्वान्दो एकेडेमी स्थापना गरी प्रशिक्षण दिईरहेका छन् राजुले। तिन बर्ष भित्र तयार गरेका नेपाली टोलीलाई उनले यसै साता क्यानडाको क्यालगरी शहरमा सम्पन्न भएको क्यानडियन तेक्वान्डो फेडरल अन्तराष्ट्रिय (सिटिएफटी) नेशनल च्याम्पियन प्रतियोगितामा सहभागी गराएका हुन्। प्रतियोगितामा प्यार्टन र स्पायरिङका विधा समावेश थिए।

सहभागी नेपालीले दुवै विधामा सात स्वर्ण, पाँच रजत र नौं कास्य पदक जिते। जसमा स्माइल खत्रीले दुवै विधामा १-१ स्वर्ण जिते।  प्रध्योतन निरौला, सुभम लुइटेल विवेक तिमिल्सिनाले प्यार्टन विधामा १-१ स्वर्ण जिते।

त्यस्तै स्पायरिङमा रियाज अर्याल, प्रशुभा अधिकारीले १–१ स्वर्ण जिते। प्रध्योतन निरौला शुभाम लुइटेल, गिब्सन ढकाल, सुभम अधिकारीले स्पायरिङ विधामा १-१ रजत जिते।

अनुश्का गिरी र जोनिश चौधरीले दुवै विधामा १-१ कास्य जिते। प्यार्टन विधामा कास्य जित्ने अन्य खेलाडीमा प्रशुन शर्मा, शशांक भण्डारी, अरिक पौडेल, इशान खत्री, स्पन्दन गौतम र आरम्भ खरेल छन्।

आगामी वर्ष जर्मनीमा हुने वर्ल्ड च्याम्पियनसिपका लागि सो प्रतियोगिता भएको थियो। सो नेशनल च्याम्पियनसिपमा क्यानडाको विभिन्न प्रान्तबाट आएका पाँच सय ७३ खेलाडीको सहभागिता रहेको थियो। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell