PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यी हुन् ओलम्पिक छनोटमा नेपालसँगै दोस्रो चरणमा पुग्ने राष्ट्रहरु



पहिलोपोस्ट

यी हुन् ओलम्पिक छनोटमा नेपालसँगै दोस्रो चरणमा पुग्ने राष्ट्रहरु

काठमाडौँ : पहिलो पटक ओलम्पिक फुटबलको छनोटमा सहभागिता जनाएको नेपालको महिला राष्ट्रिय फुटबल टिमले दोस्रो चरणमा स्थान बनाएको छ।

पहिलो सहभागितामै अपराजित रहँदै दोस्रो चरणमा पुगेको नेपाली टोली म्यानमारमा भएको छनोटमा उत्कृष्ट प्रदर्शन गरेपनि तीन वटै खेल बराबरी खेलेको थियो।

सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकअन्तर्गत महिला फुटलबको लागि एसियाको प्रारम्भिक छनोटको समूह सी मा नेपालसँगै घरेलु टोली म्यानमार, भारत र बंगलादेश थियो।

भारत र बंगलादेश नेपालको लागि चिरपरिचित प्रतिद्वन्दी भएपनि म्यानमार भने नयाँ टोली थियो। नेपाल फिफा वरीयतामा समेत नेपालभन्दा ६४ स्थान माथि थियो।

अहिलेसम्म हरायन नसकेको भारतलाई नेपालले पहिलो खेलमै बराबरीमा रोकेको नेपालले त्यसपछिका दुई खेल पनि बराबरी खेल्यो। तीन वटै खेलमा पहिले गोल गरे रअग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा नेपालले अंक बाँड्न बाध्य भएको हो।

अन्तिम खेलमा बंगलादेश विरुद्ध एक गोलको अग्रता अन्तिमसम्म कायम राखेपनि नेपालले इन्जुरी टाइममा गोल खाँदै अंक बाँडेको थियो।

बराबरीपछि ३ अंक जोडेर समूह सी मा तेस्रो स्थानमा (म्यानमार पहिलो भारत दोस्रो) रहेको नेपाल तेस्रो हुने चार मध्ये उत्कृष्‍ट बन्दै दोस्रो चरण पुगेको थियो। नेपाल जस्तै उत्कृष्ट तेस्रो हुने टोली बन्यो प्यालेष्ठाइन।

यसबाहेक पहिलो चरणमा प्रतिस्पर्धा गरेका चार समूहमा समूह विजेता र समूह उपविजेता दोस्रो चरणमा पुगेको छ।

पहिलो चरणबाट छनोट भएका यी १० र वरीयतामा आधारमा पहिले नै दोस्रो चरणका लागि स्थान पक्का गरिसकेको भियतनाम र उज्वेकिस्तानबीच आगामी वर्ष अप्रिलमा दोस्रो चरणको प्रतियोगिता हुनेछ।

पहिलो चरणबाट छनोट हुनेमा चाइनिझ ताइपेई, इरान, म्यानमार जोर्डन (समूह विजेता) फिलिपिन्स, हङकङ, भारत, इन्डोनेसिया (समूह उपविजेता), नेपाल र प्यालेष्ठाइन (उत्कृष्ट तेस्रो) छन्।

अब १२ राष्ट्रलाई तीन समूहमा विभाजन गरेर दोस्रो चरणमा छनोट खेलाइनेछ। जसबाट समूह विजेता हुने तीन टोली तेस्रो चरणमा प्रवेश छन्। अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्ड उत्त वरीयताका आधारमा यसअघि नै तेस्रो चरणका लागि छनोट भइसकेको छ।

तेस्रो चरणका ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ। त्यसबाट उत्कृष्ट दुई-दुई टोली अन्तिम चरणमा पुग्नेछन्। जहाँबाट दुई टोली २०२० ओलम्पिक महिला फुटबलका लागि छनोट हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell