PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

रत्नजित र दिपेश अन्तिम आठमा



पहिलोपोस्ट

रत्नजित र दिपेश अन्तिम आठमा

काठमाडौँ : राष्ट्रिय च्याम्पियन तथा पूर्व विजेता नेपाली सेनाका रत्नजित तामाङ र एपीएफका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन्।

पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटक च्याम्पियन बनेका तामाङले ब्धवार भएको प्रिक्वाटरफाइनलमा एपीएफका सुनिल जोशीलाई २१-६, २१-१७ को सेटमका हराए।

दिपेशले सेनाका प्रफुल महर्जनलाई २१-१५, २१-१५ को अन्तरमा पराजित गरे। आजै भएको खेलमा जित हात पार्दै नेपाल पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटा पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

बिष्णुले एपीएफका विजित थापामगरलाई २१-१७, २१-१४ तथा निर विक्रमले एkLएफकै सुदीप सेंढाईलाई १२-२१, २१-८, २१-१० ले हराए।

यसैगरि सेनाका रुकेश महर्जनले एपीएफका साजन कृष्ण ताम्राकारलाई २१-१८, २१-१४, सेनाकै नविन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१-७, २१-१३, भोजपुरका विकास श्रेष्ठले एपीएफका गौतम कठायतलाई २१-१७, २१-१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१-१९, २१-१४ ले हराउदै अन्तिम आठमा स्थान बनाए।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ सातौं संस्करणकी विजेता एपीएफकी जेशिका गुरुङले भोजपुरकी सिता राईलाई २१-१७, २१-१९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाईन्।

यस्तै सेनाका नङ्गशल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए। तामाङले जेष्टकी महिमा श्रेष्ठलाई २१-५, २१-३, अनुले जेष्टकै सफि खत्रीलाई २१-५, २१-१०, रशिलाले जेष्टकै मनिषा खड्कालाई २१-८, २१-४, रञ्जनाले मोरङ्गकी सिमा राजबंशीलाई २१-१८, १७-२१, २१-१६ तथा अमिताले भोजपुरकी लोकतमा राईलाई २१-२, २१-८ ले हराए।

बाँकेकी संझना शर्माले एपिएफकी सुनैना मुखियालाई २१-१३, २१-१९ एपीएफकी शोभा गुरुङ्गले जेष्टकी तारा आलेलाई २१-१८, २१-१३ ले पराजित गरे।

पुरुष युगलतर्फ एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले ललितपुरका श्याम महर्जन र कृष्ण श्रेष्ठको जोडीलाई २१-१२, २१-११ ले पराजित गरे।

पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले ललितपुरकै रदीप महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१-४, २१-१५, बाँकेका ईरफान अन्सारी र रियाज अन्सारीको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापा र राम बानियाको जोडीलाई २१-१०, २१-१९, एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडीले सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीलाई २४-२२, २१-१०, सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडीले ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडीलाई २१-९, २१-११, एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीले ललितपुरका श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडीलाई २१-१७, २१-१४, पुलिसका बिष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीले ललितपुरका प्रदीप महर्जन र विकास महर्जनको जोडीलाई २१-१३, २१-१७ तथा सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले ललितपुरकै दौथ राई र गणेश गुरुङ्गको जोडीलाई २१-१४, २१-८ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell