PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कीर्तिपुरमा जोन्टी रोड्सको प्रशिक्षण सुरु, हेर्नुस् फोटोमा

कीर्तिपुरमा जोन्टी रोड्सको प्रशिक्षण सुरु, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : विश्व क्रिकेटमा फिल्डिङका बादशाह भनेर चिनिने दक्षिण अफ्रिकाका जोन्टी रोड्सले बुधवारबाट कीर्तिपुरस्थित टीयू मैदानमा नेपाली युवा क्रिकेटरहरुका लागि प्रशिक्षण सुरु गरेका छन्।

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा भएको हाइ परफरमेन्स क्याम्प अन्तर्गत नेपालको युवा खेलाडीको विकासका लागि उक्त क्याप सञ्चालन भएको हो। क्याम्प दन दिनसम्म चल्नेछ।

 दक्षिण अफ्रिकन पूर्व क्रिकेटर रोड्सले खेलाडीलाई क्रिकेटको फिटनेस टेष्ट र ट्रेनिङ, लिडरसिप स्किल, स्पोर्टस मेडिसिन लगायतका विभिन्न क्षेत्रमा प्रशिक्षण दिनेछन्। जोन्टीलाई प्रशिक्षणमा वेष्ट इन्डिज तथा अफगानिस्तानका पूर्व प्रशिक्षक रहेका र्‍यान मारोनले साथ दिएका छन्।

रोड्सले खेलाडीलाई प्रशिक्षण दिनुअघि मंगलवार नेपालका प्रशिक्षकहरुलाई समेत क्याम्पमा राखेर प्रशिक्षण दिएका थिए। नेपाली प्रशिक्षकहरुकै सहयोगमा जोन्टीले क्याम्प सञ्चालन गरिरहेका छन्।  फोटोहरु : रासस



ट्रेन्डिङ पोस्ट

Ncell