PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

अब राष्ट्रपति निवासमाथि हेलिकप्टर उड्न निषेध, राजा रहँदा नारायणहिटीमाथि बाट पनि पाउँदैन थिए उड्न



वसन्तराज उप्रेती

अब राष्ट्रपति निवासमाथि हेलिकप्टर उड्न निषेध, राजा रहँदा नारायणहिटीमाथि बाट पनि पाउँदैन थिए उड्न

काठमाडौं : सरकारले राष्ट्रपति निवास लगायतका सुरक्षा निकायका मुख्यालय माथिबाट हेलिकोप्टर उडानमा रोक लगाएको छ।

सुरक्षा संवदेनशील क्षेत्र मानिएका ठाउँमा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउँदै नयाँ १२ वटा रुट निर्धारण गरेको छ। शितल निवास हुँदै केही हेलिकोप्टरले उडान गरेको उजुरी आएपछि यो रुटलार्इ सधैका लागि प्रतिबन्ध लगाइएको हो। यसअघि राजतन्त्र रहेका बेला नारायणहिटी राजदरबारमाथिबाट हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइन्थ्यो। अब नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको मुख्यालय माथिबाट हेलिकोप्टर उडान गर्न पाइने छैन।

‘राष्ट्रपति निवास र सुरक्षा निकायको मुख्यालय भन्दा बाहिरबाट मात्रै उडान गर्न पाउने गरी रुट निर्धारण गरिएको छ,’ नेपाल नागरिक उड्ययन प्राधिकरण स्रोतले भन्यो, 'हामीले सुरक्षा संवेदनशीलतालार्इ हेरेर रुट निर्धारण गरेका छौं।’ 
प्राधिकरणले रुट निर्धारण गर्दा कान्ति बाल अस्पताल, त्रिभुवन शिक्षण अस्पताल र अमेरिकी दूतावासलार्इ समेत बाहिर राखिएको छ।

नयाँ रुट निर्धारण गर्दा ठूला जहाज उडान अवतरणलार्इ समेत ध्यान दिइएको छ। प्राधिकरणका अनुसार नयाँ रुट संचालनमा आएपछि ठूला जहाजनै आकाशमा होल्ड गर्नुपर्ने अवस्था न्यून हुनेछ। प्राधिकरणका अनुसार फिक्स्ड विङ र रोटर विङको फ्रिक्वेन्सी एउटै हुँदा एयर ट्राफिक कन्ट्रोल टावरमा कम्युनिकेसन समस्या हुँदै आएको छ।

कम्युनिकेसनमा समस्या भएकै कारण प्रत्येक जहाज स्टार्ट गरेको आधा घण्टापछि मात्र उड्ने गरेको विमानस्थल स्रोतले बतायो। जहाजको इन्धन र समय वचत गर्ने उद्धेश्यले हलिकोप्टरको लागि छुट्टै रुट तयार गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले तयार पारेको नयाँ रुटमा १५ दिन परीक्षण उडान हुनेछ। हेलिकोप्टरको परीक्षण उडान भएपछि रुट कार्यान्वयनमा आउने हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले जानकारी दिए। उनका अनुसार नयाँ रुटमा हेलिकोप्टर संचालनमा आउनेवित्तिकै जहाज होल्डको समस्या ३३ प्रतिशत कम हुनेछ।  

प्राधिकरणका अनुसार एउटा गन्तब्यका लागि चार वटा रुट बनाइएको छ। लुक्ला जानका लागि अब हेलिकोप्टरका लागि इन्ट्री र एक्जिट रुट बनाएको प्राधिकरणले जानकारी दिएको छ।  अब नाला, साँगा, चाँगु र नगरकोट पास हुँदै लुक्ला जान सकिने कँडेलले जानकारी दिए। अब पाँच नटिकल माइलका लागि हेलिकोप्टरले पाँच हजार फिट उचाई अनुसार काठमाडौंबाट उडान अवतरण गर्न सक्ने उनले जानकारी दिए।

प्राधिकरणले अहिले बाग्मतीमा दुईवटा(ब्राभो र किलो), गोकर्ण, मनमैजु, थानकोटमा दुईवटा(ब्राभो र किलो), टोखा, सितापाइला, भक्तपुर(उत्तर दक्षिण) र चाँगु(उत्तर दक्षिण) लगायत १२ वटा रुट बनाएको उनले जानकारी दिए।  बाग्मतीको दुईवटा रुट खोकना, गोकर्णको सुन्दरीजल, मनमैजुको मैजु, थानकोटको गोठाटार र मनहरा लगायत मार्गबाट हेलिकोप्टर उडान गर्न सकिने उनले बताए। 'हामीले अल्टिच्युड अनुसारको म्याप फाइनल गरिसक्यौँ। फिक्स्ड विङ उडान अवतरणलाई असर नगर्ने उद्धेश्यले सीमित उचाई निर्धारण गर्नका लागि हामीले सबै रुटमा परिक्षण उडान गरिसकेका छौँ।' कँडेलले भने।

उनका अनुसार हेलिकोप्टर उडानमा बागमती रुटको लागि पाँच हजार पाँच सय फिट, गोकर्ण रुटको लागि सात हजार पाँच सय फिट, मैजु पाँच हजार पाँच सय फिट, टोखा छ हजार पाँच सय फिट, सितापाइला पाँच हजार पाँच सय, भक्तपुर पाँच हजार पाँच सय फिट उचाइ निर्धारण गरिएको छ। २५ नटिकल माइलसम्म हेलिकोप्टरले यही उचाइमा उडान गर्नुपर्ने प्रावधान बनाइएको कँडेलले बताए।

बुधबार फाइनल म्याप आएपछि विहीबार देखि पाइलट र एटीसीलाई राखेर छलफल गरिने उनले बताए।   यस अघि प्राधिकरणले बन्द गरेको सितापाइला रुट फेरी खोल्ने भएको छ। यस अघि हेलिकोप्टर चालकले छिटो उडान गर्ने उद्धेश्यले रुटको पालना नगरेको कारण सितापाइला रुट रद्ध गरेको थियो। 

रुट निर्धारणमा नदीनाला फोकस किन?

रुट निर्धारण गर्दा नदीलार्इ फोकश गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार आकस्मिक रुपमा कुनै समस्या आएमा मानवीय क्षति कम गर्न  रुटमा खोलालार्इ केन्द्रित गरिएको हो।

यो रुटबाट हेलिकोप्टर उडाउँदा २५ नटिकल माइल भित्र चालक दलले एटीसीसँग दुर्इ पटक मात्रै सम्पर्क गरे पुग्छ। हेलिकोप्टर पाइलटले अब ‘कोड वर्ड’ मात्रै बोल्न पाउनेछन्। यसअघि हेलिकोप्टर पाइलटले अनावश्यक कुरा गरेर एटीसीलार्इ अल्झाउने गरेका थिए।

प्राधिकरणका अनुसार मुलपानी र चावहिलको खाली क्षेत्रमा पाँच हजार फिट भन्दा माथि हेलिकोप्टर होल्ड गर्न पाइने छैन।प्राधिकरणले १२ रुटमा हेलिकोप्टर सहजै उडान गर्नका लागि उपत्यकाभरको ४४ स्थानको देशान्तर र अक्षांससहित 'कोर्डिनेट' बनाइदिएको छ। स्वदेशी तथा विदेशी पाइलटले नोटबुकमा समावेश गरिएको ४४ स्थानको 'कोर्डिनेट' भरमा उडान गर्न सक्ने कँडेलले जानकारी दिए। अब जहाजलार्इ  छ हजार पाँच सय फिट भन्दा तल आउन प्रतिवन्ध लगाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell