PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बुद्धको जन्मस्थल लुम्बिनीमा १८ देशका एक हजार बौद्ध भिक्षु, तीन दिनसम्म त्रिपिटक वाचन हुने



चन्द्रकान्त खनाल

बुद्धको जन्मस्थल लुम्बिनीमा १८ देशका एक हजार बौद्ध भिक्षु, तीन दिनसम्म त्रिपिटक वाचन हुने

रुपन्देहीः बुद्धको जन्मस्थल लुम्बिनीमा बुधबारदेखि बौद्ध धर्मग्रन्थ त्रिपिटक वाचन सुरु भएको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सुरु भएको त्रिपिटक वाचनमा विभिन्न १८ देशका करिब एक हजार बौद्ध भिक्षु र उपासक सहभागी छन्। 

लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्‍याउने उदेश्यले पहिलोपटक नेपालमा तीन दिने त्रिपिटक वाचन आयोजना गरिएको हो। त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्त्व भएकाले नेपालमै पहिलोपटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन आयोजना गरिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक भिक्षु मैत्रीले बताए।

अमेरिकन बुद्धिष्ट एसोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा भइरहेको त्रिपिटक वाचन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म तीन दिन चल्नेछ।

वाचन सुरु हुनुअघि लुम्बिनीको विश्व शान्ति दीपबाट शान्ति र्‍याली निकालिएको थियो। र्‍याली मायादेवी मन्दिर परिसरसम्म पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell