PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विदेशमा धेरै कामदार पठाउने देशहरुको बैठक सोल्टीमा सुरु, नेपाल अध्यक्ष



पहिलोपोस्ट

विदेशमा धेरै कामदार पठाउने देशहरुको बैठक सोल्टीमा सुरु, नेपाल अध्यक्ष

काठमाडौंः आप्रवासी कामदारहरुको समस्या समाधानका लागि कोलम्बो प्रोसेसको पाँचौँ उच्च अधिकारी स्तरीय बैठक काठमाडौंमा सुरु भएको छ। कोलम्बो प्रोसेस विश्व श्रम बजारमा बढी कामदार निर्यात गर्ने १२ मुलुकहरुको साझा मञ्च हो।

बैठकको उद्घाटन कोलम्बो प्रोसेसका अध्यक्ष तथा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका हुन्।

बैठकमा आप्रवासी कामदारको हकहितको साझा मुद्दाका विषयमा छलफल गर्नेछ। यो बैठकले भोलि बस्ने मन्त्रिस्तरीय बैठकको लागि एजेण्डासमेत तय हुने छ।

कोलम्बो प्रोसेस वैदेशिक रोजगारीमा कामदार पठाउने दक्षिण तथा दक्षिणपूर्वी एशियाली राष्ट्रको साझा मञ्च हो। संगठनमा नेपालसहित अफगानिस्तान, भारत, बंगलादेश, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, थाइल्याण्ड र भियतनाम सहितका १२ देशहरु सदस्य छन्। त्यस्तै यस कोलम्बो प्रोससमा ८ पर्यवेक्षक देशहरु आवद्ध छन्। नेपाल यसको अध्यक्ष राष्ट्र हो।

 २००३ मा स्थापना भएको कोलम्बो प्रोसेसको नेपालले सन् २०१७ मार्च २९ देखि अध्यक्षता गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell