PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'भिलेन'को 'च्यानाकुटी झ्याईं'



पहिलोपोस्ट

'भिलेन'को 'च्यानाकुटी झ्याईं'

काठमाडौं : फिल्म 'भिलेन'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'च्यानाकुटी झ्याईं' बोलको गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री फिचर्ड छन्।

एकनारायण भण्डारीको शब्द तथा लाल कुमार बरालको संगीत रहेको गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ।

पौष २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म द ग्लोबल पिक्चर्सको ब्यानरमा बनेको हो। देबेन्द्र पाण्डेको निर्देशनमा बनेको फिल्ममा निखिल उप्रेतीको मुख्य अभिनय छ। फिल्ममा मौनता श्रेष्ठको कथा, सौरभ लामा, मदन कस्यप घिमिरेको छाययाँकन, मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन छ।

पछिल्लो समय एक्सन अभिनेता निखिल 'रुद्र'मा देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell