PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिका पढ्न जाने नेपालीको संख्या बढ्यो, अन्डरग्राजुएट विद्यार्थी पठाउनेमा टप टेनमा नेपाल



पहिलोपोस्ट

अमेरिका पढ्न जाने नेपालीको संख्या बढ्यो, अन्डरग्राजुएट विद्यार्थी पठाउनेमा टप टेनमा नेपाल

काठमाडौं : अमेरिका अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या बढेको छ। चालु वर्षमा यो संख्या १४.३ प्रतिशतले बढेको हो।  

आई आई ई र युएस स्टेट ब्युरो अफ एजुकेशन एण्ड कल्चरल अफेयरले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान प्रतिवेदन '२०१८ ओपन डोर रिपोर्ट' मा अध्ययनका लागि अमेरिका जाने नेपालीहरुको सख्यामा वृद्धि भएको देखिएको हो। 

हाल अमेरिकामा १३ हजार २७० नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन्। अमेरिकामा अन्डर ग्रयाजुयट विद्यार्थी पठाउने २५ देशको सूचीमा नेपाल १० औँ नं मा परेको छ। 

'अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीहरु मूल्यवान सम्पति हुन्,' अमेरिकी शैक्षिक तथा सांस्कृतिक मामिला हेर्ने एसिस्टेन्ट सेक्रेटरी अफ स्टेट मारिय रोइसले भनेका छन्, 'हामीले सबै क्षेत्रमा चुनौती सामाना गर्न सक्ने नेतृत्वको विकास गर्नु छ। हामीलाई थप समृद्ध बनाउने, हामीलाई सुरक्षित बनाउन उपायहरु पहिल्याउन सक्ने मानिस आवश्यक छ। अन्तर्राष्ट्रिय शिक्षाले हामीलाई थप शक्तिशाली बनाउने छ भन्ने सन्देश हामीले फैलाउनु छ।' 

अमेरिका अध्ययनमा पुगेका मध्ये चीन र भारतबाट मात्र ५१ प्रतिशत विद्यार्थीहरु जाने गरेको उल्लेख छ। जसमध्ये चीनबाट ३३ र भारतबाट १८ प्रतिशत रहेका छन्।

वर्ष २०१७-२०१८ मा अमेरिकाका विश्वविद्यालय तथा कलेजहरुले १० लाख ९० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययन गराइरहेका छन्। 

यस्तै नेपालमा अध्ययन गर्न आउने अमेरिकी विद्यार्थीहरुसमेत बढेका छन्। यो संख्या ५७ प्रतिशतले वृद्धि भएको हो। चालु शैक्षिक सत्रमा ३ लाख ३२ हजार ७२७ अमेरिकी विद्यार्थीहरु विदेश अध्ययनका लागि पुगेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell