PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

निर्मला हत्या प्रकरणः थप चारको डिएनए रिपोर्ट सार्वजनिक, कसैको पनि 'म्याच' भएन



पहिलोपोस्ट

निर्मला हत्या प्रकरणः थप चारको डिएनए रिपोर्ट सार्वजनिक, कसैको पनि 'म्याच' भएन

काठमाडौँः कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटना अनुसन्धानका क्रममा प्रहरीले थप चार जनाको  डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ। शंकास्पद मानिएका चार जनाको परीक्षण रिपोर्ट प्रहरीले सार्वजनिक गरेको हो।

चारै जनाको डिएनए रिपोर्ट नमिलेको हो। निर्मलाको भेजिनल स्वाबमा भेटिएको विर्यसँग नमूना नमिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर बहादुर कठायतले जानकारी दिए।

चार जनाको महाकाली अञ्चल अस्पतालमा नमूना संकलन गरी डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको थियो। अन्य तीन जनाको पनि डिएनए परीक्षण गर्ने तयारी प्रहरीले  गरेको छ।

यसअघि प्रहरीले एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, आयुष विष्ट, दिलीपसिंह विष्ट लगायतको  डिएनए परीक्षण गरिसकेको छ। डिएनए परीक्षण गरिएका सबैको नमूनाको नतिजा नेगेटिभ आएको थियो।

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान घर नजिकै उखुबारीमा शव फेला परेको थियो। ११० दिन बितिसक्दा पनि हत्याराको पत्ता लगाएको भन्दै गत आइतबारदेखि निर्मलाका बाबु यज्ञराज पन्त धर्नामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell