PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'गर्न नहुने काम' गर्दै ब्राह्मणचित्रलाई भत्काउने गीत



पहिलोपोस्ट

'गर्न नहुने काम' गर्दै ब्राह्मणचित्रलाई भत्काउने गीत

ब्राह्मणबारे सोच्नेबित्त्तिकै तपाई के सम्झनुहुन्छ? 

ढाका टोपी कमिज सुरुवाल लगाएर जजमानी गर्दै हिंड्ने
शुद्ध साकाहारी भोजन गर्न रूचाउने
गुलियो भनेपछि हुरूक्कै हुने
अन्तर्जातीय प्रेम सम्बन्धको कल्पना पनि नगर्ने।


तिनै ब्राह्मण पात्रहरू नेपाली सिनेमा र टेलिचलचित्रहरूमा माथिका गुणहरू देखाउँदै हास्य पात्रका रूपमा देखाइन्छन्। आर्टमाण्डूले ल्याएको अंकितबाबु अधिकारीको नयाँ म्युजिक भिडियो 'सम्झनालाई'ले भने यी 'स्टेरियोटाइप'हरूलाई सोझै भत्काउँछ। 

कथाको रूपमा आउने भिडियोमा एक ब्राह्मण युवक नेवार युवतीलाई मन पराउन थाल्छन्। युवतीलाई आकर्षित गर्ने कसरतमा उनीहरूले ब्राह्मणले गर्नु हुँदैन भनिएका सबै कुरा गर्छन्। "ब्राह्मण हुनुलाई हाम्रो समाजमा यथास्थितिमा रहिरहने र रूढिवादी पक्षपोषकको रूपमा मात्र हेरिन्छ," निर्देशक नविन चौहान भन्छन्, “तर परिवर्तनशील समाजमा मानिसका माया, मोह, काम र क्रोधले ब्राह्मण र गैरब्राह्मण भन्दैन भन्ने देखाउन खोजिएको हो।”

गायक अधिकारीले यसअघि समेत 'राम नाम' गीतमा ईश्वरको भौतिक उपस्थितिलाई प्रश्न गरेका थिए। पछिल्लो प्रस्तुतिलाई अधिकारीले मनोरञ्जनसँगै ब्राह्मणवादबारे नयाँ बहसको थालनी गर्न खोजेको बताए। उनले भने, "गीत गम्भीर विषयमा भए तापनि यसको आवरणलाई मनोरञ्जनकै रूपमा मात्र पनि हेर्न सकिन्छ।"

म्युजिक भिडियोमा यमन सुवेदीको शब्द, किरण भुसालको संगीत, अनिल घितालको संगीत संयोजन एवं दृश्य सम्पादन विकास घमलाको रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell