PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्यालिफोर्निया आगलागी : प्रभावित क्षेत्रको निरीक्षणमा डोनाल्ड ट्रम्प



 क्यालिफोर्निया आगलागी : प्रभावित क्षेत्रको निरीक्षणमा डोनाल्ड ट्रम्प
फोटो: द न्यूयोर्क टाइम्स

प्याराडाइज : अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले आगलागीबाट प्रभावित क्यालिफोर्नियाको निरीक्षण गरेका छन्। यो आगलागीलार्इ अमेरिकी इतिहासमै हालसम्मकै डरलाग्दो विपत्तिका रुपमा लिइएको छ।

आगलागी प्रभावित प्याराडाइज शहरमा बोल्दै ट्रम्पले 'यो अवस्था निकै दुखद्' भएको बताए। आगलागीबाट बच्न वनजंगलको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्नेमा ट्रम्पले जोड दिए। ट्रम्पले पहिला देखि नै वन विभागको व्यवस्थापन राम्रो नहुँदा र राज्य सरकारले उचित व्यवस्थापन नगर्दा यस्ता आगलागीका घटनाका हुने गरेको बताउँदै आएका थिए।

क्यालिफोर्निया पुगेका ट्रम्पले भने त्यहाँको राज्य सरकार र उद्धार टोलीले प्रभावित क्षेत्रमा गरेको कामको प्रशंसा गरे। क्यालिफोर्निया पुग्दा केही व्यक्तिहरुले भने ट्रम्प विरोधी ब्यानरहरु प्रदर्शन गरेका थिए। 

आगलागीका कारण हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ। अधिकारीहरुले १२सय भन्दा बढी मानिसहरु हराइरहेको बताएका छन्। खोजीकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। 

नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जंगलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुतगतिमा फैलिएको थियो। 

आगलागीका कारण लाखौं मानिसहरु विस्थापति भएका छन् भने जंगल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ।  त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell