PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'दाइलाई कुरा लाइदिनी' अमृत कि कुशल ?



पहिलोपोस्ट

'दाइलाई कुरा लाइदिनी' अमृत कि कुशल ?

काठमाडौं: फिल्म 'सयकडा दश'को गीत सार्वजनिक भएको छ। भ्रष्टाचार विरुद्धको कथा समेटेको फिल्मको 'दाइलाई कुरा लाइदिनी, सात्तो खाइदिनी' बोलको गीत सार्वजनिक भएको हो।

फिल्मलाई 'प्रेमगीत २' निर्देशक रामशरण पाठकले निर्देशन गरेका हुन्।   निर्देशक पाठकको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतमा त्रिसला गुरुङ र सन्देश पाठकको स्वर छ। गीतको भिडियोमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छ।

 फिल्ममा मनोज गजुरेल र राजाराम पौडेलको पनि मुख्य भूमिका छन्। कमेडियन समेत रहेका गजुरेलको यो डेब्यु फिचर हो ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन्। अहिले निर्माण टिम नेपाल प्रदर्शन अगावै थाइल्यान्ड र म्यानमारमा फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माता जुटेका छन्। फिल्म माघ १८ गतेदेखि प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell