PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिकित्सा शिक्षा विधेयकको नीतिगत समस्या पत्ता लगाउन तीन वटा उपसमिति गठन



चिकित्सा शिक्षा विधेयकको नीतिगत समस्या पत्ता लगाउन तीन वटा उपसमिति गठन

काठमाडौं:  शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकले आगामी प्रतिनिधि सभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रूपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ।
 
शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा विधेयकको अध्ययनको लागि तीन वटा उपसमिति गठन भएको जानकारी दिइन्।

उनले भनिन्, 'शिक्षा समितिलाई प्रभावकारी बनाउनको लागि उपसमिति बनाएको हौँ। अब त्यसले अध्ययन गरेर नीतिगत समस्या पहिल्याउँछ। अनि हामी कार्य योजना बनाएर विधेयकको लागि काम गर्छौँ।'

समितिले दिएको प्रतिवेदनको आधारमा उपसमितिले कार्यसम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको घर्तीले बताइन्। त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ। बैठकले विधेयकमा संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्न व्यवस्थित कार्य तालिका बनाउन सचिवालयलाई निर्देशन दिएको छ।

बैठकले न्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सरकारसँग प्रतिवेदन माग्ने निर्णय पनि गरेको छ।  

संसदको हिउँदे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभएपछि डा गोविन्द केसी आक्रोशित बनेका थिए। उनले पटक पटक अनसन बस्ने चेतावनी दिँदै शिक्षामन्त्री गिरिराजमणी पोखरेलको 'ब्ल्याकमेलिङ'का कारण विधेयक पारित नभएको जनाएका थिए।

डाक्टर केसीले २७ दिन लामो अनशन तोडेको १ सय १० दिन नाघिसकेको छ। यति लामो समयसम्म सरकारले सम्झौता कार्यन्वयन नगरेको भन्दै डा गोविन्द केसी आक्रोशित बनेका छन्। सरकारले तत्कालै माग पुरा नगरे शिक्षामन्त्रीको राजीनामा माग गर्दै अनशन बस्ने डा केसीले चेतावनी दिइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell