PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कार्यालय हाताभित्रै चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी, गुठीचौरको कार्यालयमा तोडफोड



पी बी खड्का

कार्यालय हाताभित्रै चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी, गुठीचौरको कार्यालयमा तोडफोड

सुर्खेत: गए राति जुम्लाको चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाकै हाताभित्र पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए। 

राति करिब एक बजेको आसपासमा क १ झ १ नम्बरको गाडीमा आगो लगाएको र आगलागी भए लगत्तै स्थानीय र प्रहरीलाई खबर गरेको गाउँपालिकाका सुरक्षा गार्ड विष्णुप्रसाद न्यौपानेले खबर गरेर तत्काल आगो नियन्त्रण गरेको उनको भनाई छ। 

त्यस्तै, यता जिल्लाकै गुठी चौर गाउँपालिकाको कार्यालयमासमेत तोडफोड भएको छ। कार्यालयमा भएको कम्प्युटर, सिसी क्यामेरासहित अन्य सामग्री नष्ट गरिएको जनाइएको छ। 

घटना किन र कसले गर्‍यो भन्ने यकिन नभइसकेकाले थप अनुसनधान भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी बुढ्थापाले जानकारी दिए। 
यता, गाउँपालिका महासंघ कर्णाली प्रदेशका संयोजक कविन्द्रकुमार केसीले स्थानीय जनप्रतिनिधीलाईसमेत त्रसित बनाएको बताए। 

‘स्थानीय सरकारमाथि बेलाबखत यस्ता घटना भइरहेका छन्,’ उनले भने, ‘यस अघि पनि जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की आएको थियो। त्यत्ति बेला नै हामीले प्रदेश सरकारसँग सुरक्षाको माग गरेका थियौँ। अहिलेसम्म प्रदेश सरकारले कुनै पहल गरेको देखिँदैन।’ फेरि थपे,‘पटक पटक हुने यस्ता आपराधिक क्रियाकलापले जनप्रतिनिधि त्रसित भएर काम गर्नुपर्ने अवस्था छ।’ 

अब प्रदेश सरकारले सुरक्षाको ग्यारेन्टी नगरेसम्म काम गर्न असहज हुने उनले बताए। आफैँ असुरक्षित भएर जनताको काम गर्न नसकिने उनी बताउँछन्। ‘आफैँ असुरक्षित भएर जनताको काम कसरी गर्ने?’ संयोजक केसीले भने, ‘प्रदेश सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell