PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पूर्वी भारतमा शक्तिशाली आँधी: ३३ जनाको मृत्यु



नयाँदिल्ली : भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ। 

प्रकोप व्यवस्थापन सम्वन्धी निकायका अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको जनाएका छन्। 

‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको जनाइएको छ। शुक्रबार तमिलनाडु राज्यबाट सुरु भएको आँधी भारतको पूर्वी क्षेत्रमा बढ्दै गएको हो। 

आँधीले हजारौँ रुखहरु भाँचिएका छन् भने ठूलो संख्यामा घरहरु भत्किएका छन्। घरबारविहिन भएका हजारौ स्थानीय बासिन्दालाई शिविरहरुमा राखिएको छ। 

मृत्यु भएका मध्ये २० जना पुरुष र ११ जना महिला छन्। त्यसैगरी दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीहरुले बताएका छन्। 

घरबारविहीन भएकाहरुको संख्या करिब एक लाख ७७ हजार ५०० पुगेको छ। उनीहरुलाई ३५१ वटा शिविरमा राखिएको छ। 

प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell