PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


१९ वर्षीया किशोरीलाई यौन प्रस्ताव राख्ने एक नेपाली ड्राइभरलाई 'डिपोर्ट' गर्न अष्ट्रेलियन अदालतको आदेश


१९ वर्षीया किशोरीलाई यौन प्रस्ताव राख्ने एक नेपाली ड्राइभरलाई 'डिपोर्ट' गर्न अष्ट्रेलियन अदालतको आदेश
फोटो: mailonline.com

अस्ट्रेलियामा १९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपालीलार्इ नेपाल फिर्ता पठाइने (डिपोर्ट) भएको छ। 

उबर ट्याक्सी ड्राइभरका रूपमा कार्यरत ३६ वर्षे राजेन्द्र इङनमले सन् २०१७ को क्रिस्मस इभ मनाएर सर्फर्स प्याराडाइज क्लबबाट फर्केकी युवतीलार्इ घर छोड्ने क्रममा यौन प्रस्ताव राखेको डेली मेलमा उल्लेख गरिएको छ।   

युवतीले प्रस्ताव अस्वीकार गरेपछि इङनमले युवतीमाथि दुर्व्यवहार गरेका बताइएको छ।

अस्ट्रेलियाको साउथ पोर्ट म्याजिस्ट्रेट कोर्टमा भएको सुनुवार्इमा उनलार्इ दुर्इ मुद्दामा दोषी ठहर गरिएको छ। राजेन्द्र सन् २००९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए। 

पीडित युवतीले अदालतमा बयान दिने क्रममा ड्राइभरको उक्त हर्कतबाट आफू अत्यन्तै विचलित भएको अझै त्यो सम्झेर रुने गरेको बताएकी थिइन्। 

राजेन्द्रका पक्षबाट मुद्दा लडेका वकिल निक म्याकघीले भने त्यो सामान्य दुर्व्यवहार मात्रै भएको तर्क गरेका थिए।

यही दुर्व्यवहारको अभियोग लागेपछि राजेन्द्रको ९ वर्षे विवाह सम्बन्ध पनि टुटेको बताइएको छ। 

युवतीका तर्फबाट मुद्दा लडेकी अमालिया बेकर स्मिथले भने राजेन्द्रलार्इ एक वर्ष जेल सजायको माग गरेकी थिइन्। अदालतले उनलार्इ १ वर्ष जेल सजाय समेत सुनाएको छ। तर राजेन्द्रलार्इ नेपाल डिपोर्ट गरिने हुँदा उनले जेलमा भने बस्न नपर्ने बताइएको छ।

स्मिथले उबर ट्याक्सी डाइभर प्रति महिलाहरू विश्वस्त हुनुपर्ने बताएकी थिइन्। 

आफ्नो फैसला सुनाउँदै म्याजिस्ट्रेट जोन ह्वाइटले युवतीले राजेन्द्रमाथि विश्वास गरे पनि राजेन्द्रले गरेको दुर्व्यवहारले उनी प्रतिको विश्वास टुटेको बताउँदै उनलार्इ डिपोर्ट गर्ने निर्णय सुनाएका थिए।



१९ वर्षीया किशोरीलाई यौन प्रस्ताव राख्ने एक नेपाली ड्राइभरलाई 'डिपोर्ट' गर्न अष्ट्रेलियन अदालतको आदेश को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट