PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

श्रीलंकामा वार्ताको प्रयास विफल: विश्वमा आज



श्रीलंकामा वार्ताको प्रयास विफल: विश्वमा आज

श्रीलंका संकट

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति संघर्ष समाप्त गर्ने उद्देश्यले आह्वान गरेको वार्ता बिना निष्कर्ष सकिएको छ। सिरिसेनाले महिन्दा राजापाक्षे नेतृत्वको सरकारलार्इ नै मान्यता दिने बताएपछि वार्ता टुंगिएको नेताहरुले बताए।

गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलार्इ प्रधानमन्त्री बनाए देखि श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ। 

राजापाक्षेका विपक्षमा  संसदमा बुधबार र शुक्रबार भएको अविश्वासको प्रस्ताव पेश हुँदा राजापाक्षे पराजित भएका थिए। तर राष्ट्रपति र राजापाक्षेले भने संसदमा भएको मतदान असंबैधानिक भएको भन्दै उक्त नतिजालार्इ मान्यता नदिने बताएका थिए।

राष्ट्रपतिले विक्रमासिङ्घेलाई पदच्यूत गरेपछि नोभेम्बर ९ मा संसद समेत विघटन गर्नुभएको थियो, तर सर्वोच्च अदालतले राष्ट्रपतिको आदेशलाई खारेज गर्नुका साथै संसद पुनस्थापना भएको थियो। 

बस दुर्घटनामा 

भारतको उत्तराखण्डमा एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ। उक्त घटनामा बसमा यात्रारत अन्य १३ जना घाइते भएका बताइएको छ। उत्तराखण्डको प्रान्तीय राजधानीबाट १०० किलोमिटर टाढा उत्तरकाँशी जिल्लाको ग्रामिण क्षेत्रमा दुर्घटना भएको बताइएको छ। 

म्याक्रोँको मत


फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन्। बर्लिनमा भएको एक कार्यक्रमका बोल्दै म्याक्रोँले भने, 'यूरोपले आफ्नो जिम्मेवारीलाई पूरा गर्न थप मजबुत र स्वतन्त्र हुनुपर्छ। यूरोप र यसको पनि खासगरी फ्रान्स र जर्मनीले विश्वलाई अस्तव्यस्त हुनबाट बचाउनु पर्छ र शान्तिको बाटोमा विश्वलाई अघि बढाउनुपर्छ ।'

कमाण्डरसहित आठ लडाकू मारिए


अफानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी एक जना कमाण्डर सहित आठ लडाकू मारिएका छन्। उत्तरी फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा तालिबान लडाकू समूहका एक जना स्थानीय कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन्। घटनामा परी स्थानीय कमाण्डरसहित अरु दश जना भने घाइते भएका छन् । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।

फोटो: MARKETWATCH/ANI/24NEWS/AP/AFP



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell