PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दशैँपछि पहिलोपटक प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा, डिस्चार्ज भएको १७ दिनपछि प्रचण्ड निवासमा



पहिलोपोस्ट

दशैँपछि पहिलोपटक प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा, डिस्चार्ज भएको १७ दिनपछि प्रचण्ड निवासमा

काठमाडौंः स्वास्थ्य अवस्था बिग्रिएपछि लामो समयदेखि सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाशको पहिलो वार्षिक तिथिमा प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका हुन्।

यसअघि कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय बैठकको उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो। तर, स्वास्थ्य अवस्थाका कारण सहभागी भएका थिएनन्।

अस्पतालबाट डिस्चार्ज भएको १७ दिनपछि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका हुन्।

कार्यक्रममा सम्बोधन गर्दै प्रम केपी शर्मा ओलीले पुत्र वियोगको समयमा पनि पुष्पकमल दाहाल प्रचण्डले असाधरण धैर्यता देखाएको बताएका छन्। पढ्नुस् ओलीले के बोले :  प्रकाशको स्मरण गर्दै प्रम ओलीले भने 'शोकमा पनि प्रचण्डले असाधरण धैर्यता देखाउनुभयो'


टीका लगत्तै अस्वस्थ

प्रधानमन्त्री ओलीले दशैंको दिन राष्ट्रपति कार्यालय टिका थाप्न पुगेका थिए। त्यसयता उनले बालुवाटारमै पूर्णिमासम्म सर्वसाधारणलाई दशैँको टिका लगाएर बसेका थिए। प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहका अनुसार उनलाई दशैँको टिका लगाईदिने क्रममा संक्रमण भएको थियो।

त्यसयता कार्तिक १० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को चियापान कार्यक्रममा सहभागी हुने कार्यक्रम तय थियो। तर, सो कार्यक्रममा प्रधानमन्त्री अस्वस्थ भएपछि उपस्थित भएनन्। त्यसको अघिल्लो दिन शुक्रबार उनी त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका थिए। शुक्रबार नै मन्त्रिपरिषदको बैठक बालुवाटारमा डाकिएको थियो। बैठक ११ गते आइतबार ११ बजे सम्मका लागि सारियो, उनको स्वास्थ्य अवस्थाका कारण।

त्यसको अघिल्लो दिन ८ गते चिकित्सक सन्तकुमार दास बालुवाटारमै पुगेर उनको स्वास्थ्य परीक्षण गरेका थिए। उनीसँग चिकित्सक दिलीप शर्मासमेत थिए।

१२ गते सोमबार बिहान १ बजे उनका निजी चिकित्सक दिव्या सिंह अमेरिकाबाट काठमाडौँ आइपुगिन् र विहान २ बजे नै बालुवाटर पुगिन्। उनले प्रधानमन्त्रीलाई बिहान ४ बजे नै त्रिवि शिक्षण अस्पताल पुर्‍याइन।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्टको सीसीयुमा राखेर उपचार गरियो। उनी १६ कार्तिक, शुक्रबार उपचारपछि बालुवाटार फर्किए।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रधानमन्त्री कार्यालयसमेत पुगेका छैनन्। सिंहदरबारको कामसमेत बालुवाटारबाटै हुँदै आएको छ।

त्यसपछि उनी देवकोटा जयञ्ती विशेष समारोहमा उनी सहभागी भए। प्रधानमन्त्रीको अस्वस्थ्ताका कारण कार्यक्रम बालुवाटारमै आयोजना गरिएको थियो। उनले कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको घर किनेर संग्राहलय बनाउने घोषणासमेत गरे।

तिहारमा प्रधानमन्त्रीले बालुवाटारमै आफ्ना बहिनीहरुबाट भाइटिका लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell